
बिरगंज , भदौ २९ गते मंगलवार ।
मिति २०७८/५/ २९ गते १७:०० बजे जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी ईनर्वा पर्साबाट वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोकमा खटिएको नियमित चेकिङ टोलीले भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.१५ प २३७२ नम्बरको हरियो रंगको अपाचे मोटरसाइकललाई रोकी जाँच गर्दा मो.सा.मा सवार जिल्ला पर्सा बहुदरमाई न.पा.वडा नं.४ बस्ने वर्ष २५ को अजय कुमार शर्माले पछाडि भिरेको झोलामा प्रतिबन्धित भारतीय रू.५००/- को दरको नोट-२९६ थान, रु.१०० को नोट-५ थान गरी जम्मा रु.१,४८,५००।– ( एक लाख अड्चालीस हजार पाँच सय ) फेला पारी उक्त रकम बरामद गरी उल्लेखित मो.सा.सहित निजलाई नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउने कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




