
बिरगंज ।
यहांको केहि प्रतिष्ठित मारवाड़ी घराना बाहेक प्राय मारवाड़ी ब्यापारीहरू भारत-नेपालको दोहोरो नागरिकता लिएर सरकारबाट प्राप्त सुबिधा उठाएर मौज गरी रहेको पाइएको छ। यही क्रममा बीरगंजका एक प्रतिष्ठित परिवारको लम्पट छोरा प्रभुदयाल रुंगटाको भारतीय मतदाता नामावलीमा नाम भेटीएको छ।
मुरलीधर रुंगटाको छोरा प्रभुदयाल रुंगटा बीरगंजमा न्यू भवानी र यूनाइटेड फार्मा नामक फर्मबाट औषधिको स्टॉकिस्टको काम गर्दै आएको बुझिएको छ। भारतमा समेत रुंगटाले त्यहाँको वोटर आई.डी बाट काम गरेर दुबै देशमा कर छलि गरेर अरबपति भई सकेका छन।
भारतको राजस्थान र बिहारबाट आई झूठो विवरण पेश गरी नागरिकता लिनेको ठुलो जमात बीरगंजमा छ । यिनीहरू माथि स्थानीय प्रशासनले सोचे जस्तो कार्यवाही गर्न सकेको छैन। प्रभुदयाल सँगै उनको श्रीमति सुमन रुंगटा छोरा रिसभ रुंगटा छोरी रिद्धि रुंगटा समेतको नाम बिहार सरकारको निर्वाचन आयोगले प्रकाशित गरेको नामावलीमा उल्लेख गरिएको प्रमाण सुरक्षित छ। तपाईहरू तिनपुस्ते नेपाली भएपनि भारतीय नागरिकता किन लिनु भयो भनी प्रभुदयाल रुंगटा संग बुझने प्रयत्न गर्दा उनी संपर्कमा आउन चाहेनन्।
सभार:- अन्कुश दैनिक




