लागु औषध १५२ सेट, Wings BioTech Onerex १०० बोत्तल र स्कुटी सहित मानिस नियन्त्रणमा ।

बिरगंज , माघ १६ गते शुक्रबार ।

जिल्ला पर्सा बिरगंज म.न.पा.१६ रजतजयन्ती चोक स्थित भारतको रक्सौलबाट बीरगंज तर्फ आउदै गरेको ना. २५ प ४२१६ नं. को स्कुटीमा सवार जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. १२ बस्ने कृष्ण बहादुर थिङको छोरा बर्ष २५ को साजत थिङलाई शुक्रबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय पर्साको मातहतको प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागु औषध wings Biotech Onerex (100ml) को १०० बोत्तल, नुफिन १५२ एम्पुल, फेनार्गन १५२ एम्पुल, डाईजोपाम १५२ एम्पुल गरी ४५६ एम्पुल, नाईट्राभेट ३० ट्याब्लेट सहित निज साजत थिङलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close