
बिरगंज , असोज १५ गते शुक्रबार ।
ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज ग्रीनसिटी डकुमेन्ट्रीको बिरगंज महानगर पालिकाका मेयर बिजय सरावगीले उद्द्घाटन गर्नु भएको थियो ।
ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले विगत ७ वर्ष देखि बिरगंज शहरलाई सुन्दर , हरियो र व्यवस्थित बनाउने उद्देश्यका साथ कार्य गर्दै आएको छ ।
यस कार्यमा ग्रीन सिटी अध्यक्ष जय प्रकाश खेतानले ग्रीन सिटीका सदस्यहरुको साथ मिलेर समुदाय – प्रहरी सङै मिलेर , बिरगंज महानगर पालिका, जिल्ला प्रहरी कार्यालय पर्सा , जिल्ला प्रशासन कार्यालय पर्सा, ट्राफिक प्रहरी, व्यवस्थित वीरगन्ज अभियानको टीम, स्थानियहरु लगायत वीरगञ्जका विकासमा सक्रियताको साथमा लाग्नु भएका विभिन्न व्यक्तित्व र संघ संस्थाहरु संग सहकार्य गरी अगाडि बढी रहनु भएको छ।
लगभग ७ वर्ष अगाडि अध्यक्ष खेतानले ग्रीन सिटी अभियानको शुरुवात एउटा नमुनाको रूपमा आफ्नो टोल बाट गर्नु भएको थियो ।कालान्तरमा यो नमूना कार्यमा प्रगति हुन् थालियो र यो सफल भएको जस्तो अनुभूति आए पछि उहाँले आफ्नो शुरुवाती चाहना अनुरुप नै यस अभियान संग सिंगो वीरगन्जका युवा र विकास प्रेमीहरुलाई जोडने उद्देश्यले ग्रीन सिटीको काम कारवाही र उपलब्धि हरुमा आधारित डकुमेन्ट्रीको प्रदर्शन गरेको थियो।बिरगंज आदर्शनगरस्थित ग्रीन सिटीको कार्यालय अगाडि सार्वजनिक रूपमा वीरगन्ज महानगरका प्रमुख विजय कुमार सरावगीको हातबाट उदघाटन भएको थियो ।
उदघाटन समारोह संग संगै ग्रीन सिटीले महानगर संग सहकार्य गरेर दशैं तिहार र छठ लाई लक्षित गरि महा नगर सफाइको पनि शुरुवात भएको थियो यसका लागि फोहोर संकल गर्ने ट्याक्टर हरुमा साइरन पनि जडान गर्नुभएको छ। सफाई कर्मी र चालक लाई टिसर्ट लगाई सम्मान पनि गरियो ।
सो कार्यक्रममा पर्सा प्रहरी उपरीक्षक ओमप्रकाश खनाल, वडा नं १० का अध्यक्ष राम नगिना प्रसाद साह कानु, ट्राफिक प्रहरी का प्रहरी उपरीक्षक सुमन कार्की, ग्रीन सिटी अध्यक्ष जय प्रकाश खेतान,उपाध्यक्ष संजय शर्मा, सचिव मुरली जालान, कोषाध्यक्ष ज्योति रूंगटा , त्रिलोक चन्द्र दारुका,रतन टेमानी, कैलाश बजाज, सुशील कादमिया, राकेश अग्रवाल, राजकुमार दारुका, छपकैया सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष
ग्यासुद्दीन मियां, व्यवस्थित वीरगन्ज अभियानका संयोजक दिलीप राज कार्की, वरिष्ठ नेत्र विशेषज्ञ महेश सिंह धामी, सञ्जय खंडेलवाल, गोपाल खेतान,सुशील धुरका,संचार कर्मी नीरज पीठाकोठी, कन्हैया लाल केसरी, अजीत भुजेल,शंकर आचार्य, संतोषमान रजितकार लगायतका स्थानिय हरुको उपस्थिति रहेको थियो। एक कार्यक्रम बीच स्विच अन गरि कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।
रविगत ७ वर्ष देखि शहर लाई सुन्दर हरियो र व्यवस्थित बनाउने उद्देश्यका साथ कार्य गर्दै आउनु भएको छ।यस कार्यमा ग्रीन सिटी अध्यक्ष जय प्रकाश खेतानले ग्रीन सिटीका सदस्य हरुको साथ मिलेर समुदाय प्रहरी साझेदारी अन्तर्गत महानगर पालिका, पर्सा प्रहरी, जिल्ला प्रशासन कार्यालय ,पर्सा, ट्राफिक प्रहरी, व्यवस्थित वीरगन्ज अभियानको टीम, स्थानिय हरुलगायत वीरगञ्जका विकासमा सक्रियताको साथमा लाग्नु भएका विभिन्न व्यक्तित्व र संघ संस्था हरु संग सहकार्य गरी अगाडि बढी रहनु भएको छ।लगभग ७ वर्ष अगाडि अध्यक्ष खेतानले ग्रीन सिटी अभियानको शुरुवात एउटा नमुनाको रूपमा आफ्नो टोल बाट गर्नु भएको थियो ।
कालान्तरमा यो नमूना कार्यमा प्रगति हुन् थालियो र यो सफल भएको जस्तो अनुभूति आए पछि उहाँले आफ्नो शुरुवाती चाहना अनुरुप नै यस अभियान संग सिंगो वीरगन्जका युवा र विकास प्रेमी हरु लाई जोडने उद्देश्यले ग्रीन सिटीको काम कारवाही र उपलब्धि हरुमा आधारित ड्याक्यूम्यान्ट्रीको विमोचन आज आदर्श नगर स्थित ग्रीन सिटीको कार्यालय अगाडि सार्वजनिक रूपमा वीरगन्ज महानगरका प्रमुख विजय कुमार सरावगी र पर्सा प्रहरीका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेयको बाहुली बाट गराउनु भयो।
विमोचन समारोह संग संगै ग्रीन सिटीले महानगर संग सहकार्य गरेर दशैं तिहार र छठ लाई लक्षित गरि महा सर सफाइको पनि शुरुवात गर्नु भएको छ। यसका लागि फोहोर संकल गर्ने ट्याक्टर हरुमा साइरन पनि जडान गर्नुभएको छ। सफाई कर्मी र चालक लाई टिसर्ट लगाई सम्मान पनि गरियो।

सो कार्यक्रममा पर्सा प्रहरीका नायब प्रहरी उपरीक्षक ओमप्रकाश खनाल, वडा नं १० का अध्यक्ष राम नगिना प्रसाद साह कानु, ट्राफिक प्रहरी का प्रहरी उपरीक्षक सुमन कार्की, ग्रीन सिटी अध्यक्ष जय प्रकाश खेतान,उपाध्यक्ष संजय शर्मा, सचिव मुरली जालान, कोषाध्यक्ष ज्योति रूंगटा , त्रिलोक चन्द्र दारुका,रतन टेमानी, कैलाश बजाज, सुशील कादमिया, राकेश अग्रवाल, राजकुमार दारुका, छपकैया सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष ग्यासुद्दीन मियां, व्यवस्थित वीरगन्ज अभियानका संयोजक दिलीप राज कार्की, वरिष्ठ नेत्र विशेषज्ञ महेश सिंह धामी, सञ्जय खंडेलवाल, गोपाल खेतान,सुशील धुरका,संचार कर्मी नीरज पीठाकोठी, कन्हैया लाल केसरी, अजीत भुजेल,शंकर आचार्य लगायतका स्थानिय हरुको उपस्थिति रहेको थियो।





