ओम शान्ति महिला समूहद्वारा १५ सय बढीलाई निःशूल्क मास्क वितरण।

बिरगंज , असोज ०२ गते शनिबार ।

बिरगंज महानगरपालिका वडा नम्बर १५ भिस्वामा गठित ओम शान्ति महिला समूहले १५ सय भन्दा बढीलाई निःशूल्क मास्क वितरण गरेको छ ।

विगत ७ वर्षदेखि वीरगञ्जमा विभिन्न सामाजिक क्रियाकलापहरु सञ्चालन गर्दै आएको समूहले वीरगञ्जको घण्टाघर क्षेत्र भएर आवतजावत गर्ने सर्वसाधारण, पैदल यात्रु तथा सवारी साधनका चालकहरु गरेर १५ सय भन्दा बढीलाई निःशूल्क मास्क वितरण गरेको हो ।

समूहकि अध्यक्ष सुशिला साहको नेतृत्वमा गएको टोलीले निःशूल्क मास्क वितरण गर्नुका साथै स्यानिटाइजर समेत लगाइदिएको छ । कोरोना संक्रमण कम भएको अवस्थामा मानिसहरुमा लापरवाही गर्ने प्रवृति बढ्दै गएपछि सचेत बनाउनका लागि मास्क वितरण गरिएको भिस्वास्थित नवदिप एकेडेमीकी प्रधानाध्यापिका समेत रहेकी साहले बताईन् ।
सम्भावित तेस्रो लहरको चर्चा चुलिरहेको बेलामा मास्क वितरणका साथै नागरिकलाई सचेत बनाउने सामाजिक उत्तरदायीत्व बहन गर्दै महिला समूह मार्फत मास्क वितरण गरिएको अध्यक्ष साहको भनाई छ ।

यसअघि पनि वीरगञ्जस्थित समता स्कुलसँगै अन्य स्थानमा पनि सचेतनामुलक कार्यक्रमका साथै निःशूल्क मास्क वितरण गरेको समुहले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने साहले बताईन् ।

अध्यक्ष साहसँगै उपाध्यक्ष सोनी झा, कोषाध्यक्ष उशा लामा, सहकोषाध्यक्ष किरण कुश्वाह, सदस्य बिना साह, दिपा अधिकारी, पुष्पालता श्रेष्ठ, रमीता श्रेष्ठ, रञ्जिता शाही ठकुरी लगायतको सक्रियतामा मास्क वितरण गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close