
वीरगञ्ज,पवन प्रसाद साह
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को जिल्ला अधिवेशन वीरगञ्ज स्थित तेजारथ टोल मा अवस्थित शाह दरबार पाटी पायलेस मा भव्य तथा सभ्य रुपमा सम्पन्न भएको।
पार्टी का नेता अंगद ठाकुर को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं २ को प्रदेश अध्यक्ष रामचन्द्र राय, केन्द्रीय कार्य सम्पादन समितिको सदस्य जनकराज पाठक,श्याम तिमिल्सिना, रामबहादुर थापा, केन्द्रीय सदस्य तथा पुर्व जिल्ला सभापति शम्भु प्रसाद चौरसिया,गया हजरा दुसाध,बिश्वनाथ साह ,नगिना यादव, लगायत को उपस्थिति रहेको थियो।
जिल्ला अधिवेशन लाइ सम्बोधन गर्दै बिभिन्न बक्ताहरुले यो देश लाई नेपाली कांग्रेस, नेकपा एमाले। नेकपा माओवादी ले देसलाई बर्बाद पारी यहाँ भएका विभिन्न उधोग कलकारखानहरु लाइ बन्द गराइ जनता लाई बेरोजगार बनाएको कारण हाम्रो देश का युवाहरु खाडी मुलुक बिदेश पलायन भएको एउटा यो तिन वटै दलको कारण हाम्रो नेपाल को जनताहरू दुख भोगनु कारण हो।
साथै नेपाल मा धर्म निरपेक्ष लागु गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी का नेताहरु ले बिदेशी को इसारामा धर्म निरपेक्ष लागु गरेको ले त्सता ब्यत्किहरु लाइ भोट समेत नदिने गरि टोट टोल, गाउँ गाउँ ,सहर सहर बाट बहिस्कार गर्ने आहवान गरेको थियो। साथै राष्ट्रिय प्रजातन्त्र पार्टी लाइ सहयोग गरी हिनदु राष्ट्र र राजसंस्थाको को हरेक ठाउबाट सहयोग गर्ने बक्ताहरुले आग्रह गरेका थिए।
साथै
सो अधिवेशन बाट पार्टी का निर्वाचन समितिको अध्यक्ष पृथक प्रसाद घिमिरे का अनुसार अध्यक्ष मा अंगद ठाकुर निर्विरोध निर्वाचित हुनुभएको छ। साथै सदस्यहरु मा अजय पौडेल,अवधकिसोर साह, शम्भु प्रसाद चौरसिया, बिरेन्द्र यादव,रोसन यादव,पवन प्रसाद साह, चन्द्रिका सहनि,गया हजरा दुसाध, विश्वनाथ साह लगाय ले निर्वाचित हुनुभएको छ।
निर्वाचित हुनुभएको पदाधिकारीहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी का प्रदेस २ को प्रदेस प्रमुख रामचन्द्र राय र मिला केन्द्रीय सदस्य शान्ति केशी ले फुलमाला टिका लगाएर स्वागत गरेका थिए। साथै स्वागत मन्तब्य पार्टी का केन्द्रिय सदस्य शम्भु प्रसाद चौरसिया ले गरेका थिए भने कार्यक्रमको सहजीकरण पार्टी का जिल्ला सचिव अजय पौडेल ले गरेका थिए।




