
वीरगञ्ज/पवन प्रसाद साह
पर्सा जिल्लाको पोखरियामा आज निषाद एकता घोषणा सभा एवं पर्सा जिल्ला अधिवेशन सम्पन्न भएकोछ।
राष्ट्रिय निषाद विकास संघ पर्सा र निषाद समाज नेपाल पर्सा बिच एकिकरण भइ राष्ट्रिय निषाद विकास संघ नेपाल घोषणा भएको छ।
सो एकिकरण घोषणाबाट जिल्ला अध्यक्षमा चन्दन सहनि निषाद, बरिस्ठ उपाध्यक्षमा मोतिलाल मुखिया, उपाध्यक्ष मारामेश्वर महतो केवट, उपाध्यक्ष मा निलम मुखिया, सचिवमा दिवस मुखिया,सह सचिव मा महिन्द्र सहनि र कोषाध्यक्षमा नरेश चौधरी लगायत ३१ सदस्य एकिकरण घोषणा सभा बैठकबाट चयन गरेको छ।
सो एकिकरण घोषणा सभा जितेन्द्र सहनिको प्रमुख अतिथिमा कार्यक्रम सम्पन भएको थियो भने स्वागत मन्तब्य चन्दन सहनु निषाद ले गरेका थिए।
आफ्नो प्रतिक्रिया दिनुहोस




