
वीरगन्ज ३० असोज । पर्सा जिल्लाको ठोरी गा.पा वडा नं २ चौक बजारका व्यापारीहरुले दैनिक खरिद उपभोग गरिने किराना सामान लगायतका तरकारी ,फलफुल चर्को मुल्यमा बिक्रीवितरण गरेकोले उपभोक्ताहरु मारमा परेको स्थानियले बताएका छन।
पुर्वमा भारतको सिमना र पश्चिममा चितवन जिल्ला संग जोडिएको ठोरीको सदरमुकाम वीरगन्ज देखि ६० किलोमीटर रहेको ठोरिमा केही वर्ष अगाडि रोडको असुबिधा हुदा पर्साको बिकट र दुर्गम मानिने ठोरी अहिले भारत सरकारको सहयोगमा सडक निर्माण भए संगै यातायातको सुबिधा भए पछि सदरमुकाम एक घण्टाको दुरि भए पनि व्यापारीहरुले मनोमानी ढङ्गले समानको भाउ चर्को मुल्यमा बेचिरहदा उपभोक्ता चर्को मुल्यमै सामान किन्न बाध्य भएको बताउ छन।
बजार व्यवस्थापन तथा दैनिक अनुगमन माग गरे पनि सम्बन्धित निकयले व्यवस्था गर्दै आएको स्थानियको गुणासो रहेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस




