
दिपेश कुमार साह ।रौतहट ।राष्ट्रिय जनगणना २०७८ स्थानीय जनगणना कार्यालय भएको छ को पूर्व त्यारीको लागि चार दिने गणक तालिमको समुद्घाटन कटहरीया न. पा. का मेयर सियाराम कुशवाहा द्वारा श्री जनता नमुना माध्यमिक बिद्यालय कटहरिया, रौतहटमा गरिएको छ। उक्त तालिममा कटहरीया मुकाम अन्तर्गत पर्ने कटहरीया, फतुवा विजयपुर र देवाही गोनाही न.पा.का १०० जना गणकहरु सहभागी भएका छन्।
तालिम कार्तिक १३ देखि १६ गते सम्म बिहान ९:३० देखि ५ बजे सम्म संचालन हुने कटहरीया न.पा.का जनगणना प्रमुख उपेन्द्र साहले जानकारी दिनु भएको छ। कार्यक्रममा जनगणनाको महत्त्व दर्शाउँदै नगर प्रमुख कुशवाहाले आउनै लागेको तिहार र छठ पर्वको शूभकामना उपस्थित सबैमा व्यक्त गरेका थिए।
सो कार्यक्रममा कटहरीया न.पा. का शिक्षा संयोजक अनिल कुमार निधी,सह संयोजक सुरेन्द्र ठाकुर महेश यादव , प्रशिक्षक दवय योगेन्द्र प्रसाद कुशवाहा , सुरक्षाकर्मी सञ्चारकर्मीहरुको बुद्धिजीवी हरूको उपस्थिति रहेको थियो




