अन्तर सदन देउसि भैलो नृत्य प्रतियोगिता-२०७८ सम्पन्न ।

बिरगंज , कार्तिक १७ गते बुधबार ।

अन्तर सदन देउसि भैलो नृत्य प्रतियोगिता -२०७८ सम्पन्न भएको छ ।दिपावलि , छठ पर्वको अवसरमा मनोकामना मा. बि. भगवतीटोल , बिरगंजले आज आफ्नै स्कुलमा शिक्षाको साथ साथै आफ्नो पर्व , सस्कृतको जगेर्ना गर्नु पर्ने आजको आवस्यकता रहेको भन्दै त्यसलाई बचाउन पनि यस कार्यक्रमको आयोजना गरेको स्कुलका प्रिन्सिपल पुरन प्रधानले जानकारी दिनुभयो।

देउसि भैलो नृत्यमा ४ ग्रुपले भाग लिएका थिए । सो प्रतियोगितामा ग्रीन हाउस प्रथम भएको थियो ।प्रथम हुनेलाई नगद ३ हजार , दोस्रो हुने एलो हाउस २ हजार नगद र तेस्रो हुने रेड हाउसलाई १५ सय नगद पुरस्कार दिएको थियो ।निर्णायकको भुमिकामा अमन श्रेष्ठले सहयोग गरेका थिए ।

मनोकामना स्कुलका प्रधानाध्यापक पुरन प्रधानको अध्यक्षमा भएको सो कार्यक्रमका प्रमुख अतिथिमा बिरगंज महानगर पालिका वडा न.४ का वडा अध्यक्ष जगत प्रसाद साह कानुले कोभिडले गर्दा स्कुलले अहिलेसम्म कुनै सास्कृतिक कार्यक्रमको आयोजना गरेको थिएन ।तर आज धेरै दिन पछि देउसि भैलो कार्यक्रमको आयोजना गरेको धेरै खुशि लागेको छ । मनकामना स्कुलले स्थापना कालदेखि नै पढाईको साथ साथै खेलकुद , नृत्य , चित्रकला , निबन्ध , वक्तुत्वकला जस्ता अतिरिक्त कृयाकलापको आयोजना गर्दै विद्यार्थीको बौद्धिक बिकासमा ध्यान दिदै आईरहेकोमा धन्यवाद समेत दिनु भएको थियो ।

कार्यक्रममा दिब्य प्रकाश एकेडेमीका राकेश पाठक , माउन्ट हर्मन माबिका सन्तोष साह , समाजिक अभियन्ता दिलिप प्रधान , नेपाल आदिवासी जनजाति पत्रकार महासघ प्रदेश न.२ का ईन्चार्ज निरज पिठाकोटे मगर , फोनिज पर्साका कार्यवाहक अध्यक्ष अजित भुजेल , नेपाल पत्रकार महासघ प्रदेश न.२ का पुर्व सदस्य जगत राई , अन्कुश दैनिकका सन्तोषमान रन्जितकार न्युज आजतक दैनिकका नुर आलम , अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम , सर्बराष्ट्रिय दैनिकका प्रधान सम्पादक महेश चन्द्र गौतम , एन प्याप्सन पर्साका अध्यक्ष राम राज श्रेष्ठ , बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाई , नेपाल टेलिभिजनका पर्सा सम्बादाता नेहाल खान , वडा न.४ का सदस्य सन्जय श्रेष्ठ , स्कुलकि संगीता प्रधान , अमेरिकाबाट अध्ययन गर्न नेपाल आउनु भएको क्रिस्ट्रिना लगायत स्कुलका शिक्षक , शिक्षिका , विद्यार्थीहरुको उपस्थिति रह्र्को थियो ।

स्वागत मन्तव्य सारा श्रेष्ठले र कार्यक्रम सन्चालन यासमिन खातुन र मादुद अहमदले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close