पहिलो चरणको मतदाता नामावली संकलन अभियान सुरु

निर्वाचन आयोगले आज आइतवार देखि विभिन्न जिल्लाका स्थानीय तहमा पहिलो चरणको मतदाता नामावली संकलन अभियान चलाउँदै छ। पहिलो चरणमा तराई, भित्री मधेश तथा काठमाडौं उपत्यकाका साथै हिमाली र पहाडी जिल्लामा स्थानीय तहको केन्द्रमा मतदाता अभियान सञ्चालन गरिने निर्वाचन आयोगले जनाएको छ।

पहिलो चरणमा तराई, भित्री मधेश र काठमाडौं उपत्यकाका जिल्लामा १५ दिन मतदाता नामावली संकलन हुने छ। त्यस्तै दोस्रो चरणमा बाँकी रहेका स्थानीय तहका केन्द्रमा १५ दिन मतदाता संकलन अभियान सञ्चालन गरिने छ।त्यस्तै हिमाली तथा पहाडी जिल्लामा पहिलो चरणमा १० दिन र दोस्रो चरणमा बाँकी रहेका स्थानीय तहमा १० दिन गरी मतदाता नामावली संकलन गरिने निर्वाचन आयोगले जनाएको छ।

मतदाता नामावलीमा आफ्नो नाम दर्ताका लागि स्वयं व्यक्ति नागरिकताको सक्कल प्रमाणपत्रसहित उपस्थित हुनुपर्ने छ। १६ वर्ष पूरा भएका नागरिकता प्राप्त गरेका नागरिकले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न पाउने छन्। तर, मतदान गर्नका लागि भने १८ वर्ष पूरा गरेको हुनुपर्ने छ।

निर्वाचन आयोगले साउन ३ गते देखि ७७ वटै जिल्ला निर्वाचन कार्यलय मार्फत मतदाता नामावली संकलन सुरु गरेको थियो। त्यस्तै भदौ १ गते देखि जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयबाट पनि मतदाता नामावली संकलन गरेको थियो। निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगले स्थानीय तहमा मतदाता नामावली संकलनका लागि दर्ता टोली पठाउन लागेको हो। themirrorofsociety

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close