
वीरगंज, पर्सा
जिल्ला प्रहरी कार्यालय पर्सा ले १ बिघा १०(दस )कठा खेतमा लगाइएको अवैध गाँजा खेती फँडानी गरेको छ ।
पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ३ स्थित खेतमा लगाइएको गाँजा खेती फडानी गरि नष्ट गरिएको छ।
ईलाका प्रहरी कार्यालय सेढवाबाट प्रहरी निरीक्षक राजाबाबु यादवको नेतृत्वमा खटिएको टोलीले उत्क गाजा खेति नष्ट गरेको हो ।
ग्रामिण क्षेत्रमा गाँजा खेती पुनः फस्टाउँदै गएको र अवैध रुपमा गााजा खेती गरीरहेको सुराकीका आधारमा प्रहरी त्याँहा पुगेको थियो।
साथै गाँजा खेतीमा संलग्न व्यक्तिको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस




