
खेम राज खनाल जेठ २५ कैलाली
आज मिति २०७८।०२।२५ गते अन्दाजी १०:१५ बजेको समयमा जिल्ला कैलाली गोदावरी नगरपालीका वडा नम्बर ५ गेटा सामुदायिक वनबाट रेडपाण्डाको छाला बोकी लगी रहेको भन्ने सुचनाका आधारमा संघिय प्रहरी ईकाई कार्यालय धनगढी (हाल महेन्द्रनगर कन्चनपुर) र ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको सयुक्त प्रहरी टोलीले जिल्ला बझाङ वित्थड गाउँपालिका वडा न.५ देउलेख बस्ने बर्ष २३ को अमर धामीलाई झोलामा बोकि हिडि रहेको अवस्थामा रेडपाण्डाको छाला थान १ फेलापारी बरामद गरी निज अमर धामीलाई समेत पक्राउ गरी आवश्यक कारबाहीका लागी सब डिभिजन वन कार्यालय अत्तरिया कैलालीमा बुझाएको ।जिल्ला प्रहरी कार्यालय कैलाली बाट प्राप्त खबर।
आफ्नो प्रतिक्रिया दिनुहोस




