३ दिने युवा लक्षित शिप विकास क्षमता अभिवृद्धि व्यावसायिक च्याउ,तरकारी तथा फलफूल खेती तालिम सम्पन्न

वीरगन्ज । कृषि ज्ञान केन्द्र पर्साकाे आयोजनामा मंगलबारदेखी ३ दिने युवा लक्षित शिप विकास क्षमता अभिवृद्धि व्यावसायिक च्याउ,तरकारी तथा फलफूल खेती तालिम आज सम्पन्न भएको छ।

निम्न आय भएका किसानहरुलाई व्यावसायिक तरकारी खेती गरेर आत्मनिर्भर बनाउन आर्थिक स्तरमा सुधार ल्याउन सकिने र विदेश पलायन हुने युवाहरुलाई स्वदेश मै आत्मनिर्भर बनाउने उद्देश्यले यो तालिम आवश्यक रहेको समापन कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र का नि. प्रमुख मुनिलाल प्रसादले बताए।

तिनको तालिममा कृषि सम्बन्धी आवश्यक ज्ञान र सीप सिकेर त्यसलाई व्यवहारमा लागू गर्न समेत तालिमका सहभागीहरुलाई उनले आग्रह गरेका थिए ।

नेपालका अधिकांश नागरिक कृषिमा नै आत्मनिर्भर रहेकाले किसानलाई व्यावसायिक तरकारी खेतीमा आकर्षित गर्न तालिमको आयोजना गरिएको बताए । कृषि ज्ञान केन्द्रको निमित प्रमुख मुनिलाल प्रसादको प्रमुख अतिथ्यमा सम्पान्न कार्यक्रममा गणेश मिश्र ले सहाजिकरण तथा प्रशिक्षण गरेका थिए।

उत्त तालीममा पर्सा अन्तर्गत रहेका १४ औं पालिकाबाट किसानहरुको उपस्थिति रहेको थियो

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close