
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले सहज र सुलभ रूपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई देश र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताउनुभएको छ । आज सोमवार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा बाल्दै प्रधानमन्त्री देउवाले सहज र सुलभ रूपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई देश र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताउनुभएको हो ।
उहाँले सरकारको पनि आर्थिक स्तर बढी भएका व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनु हुँदैन भन्ने मान्यता रहेको भन्दै देशकाे उन्नति र समग्र समाजको सकारात्मक परिवर्तनका लागि सबैले उच्च शिक्षा पाउनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले देशकाे लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन र देशकाे अर्थतन्त्रलाई तीव्र रूपमा रूपान्तरण गर्न सिर्जनात्मक र प्रवर्तनशील युग सुहाउँदो वैज्ञानिक एवम् प्राविधिक जनशक्तिको उत्पादन विश्वविद्यालयले गर्नुपर्नेमा जोड दिनुभयो ।विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले आज २९ हजार सात सय २९ जना विद्यार्थीलाई दीक्षित गर्नुभएको हो । साभार उज्यालो अनलाईनबाट




