
बिरगंज , साउन ३० गते सोमबार ।
स्व.सुशील खेतान (टिपु खेतान ) सम्झनामा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १० पर्सा आयोजनामा प्रभु हस्पिटल बिरगंज, बिरगंज सामुदायिक आँखा हस्पिटल बिरगंजको सहकार्यमा र रुँगटा वेल फेयर सोसाइटी बिरगंजको सहयोगमा टोलटोलमा स्थानीयहरुलाई निशुल्क स्वास्थ्य घुम्ति शिविर कार्यक्रम सम्पन्न भएको थियो ।
ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि श्रीजग गण बिरगंज पर्साको प्रमुख सेनानी डायमन कार्की , सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरु, बुद्धिजिविहरु ,विभिन्न संघ सस्थाहरुको प्रतिनिधिहरु ,
सेवा केन्द्रका प्रतिनिधिहरुको सहभागितामा निशुल्क स्वास्थ्य घुम्ति शिविर कार्यक्रममा जम्मा १२० जना स्थानियहरुले निशुल्क स्वास्थ्य जाँच गरी लाभ लिएको प्रकाश खेतानले जानकारी दिनु भयो ।
वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विशाल मल्ल , जिल्ला ट्राफिक प्रहरी पर्साका प्रहरी निरीक्षक धुर्व प्रसाद दाहाल , बिरगंज म.न.पा.४ को वडा अध्यक्ष जगत प्रसाद साह कानु , प्रभु हस्पिटलका फिजिसियन डा.रवी रन्जन साह , व्यवस्थित बिरगंज अभियानका संयोजक दिलीप कार्की , समाज सेवि सुरेश रुङ्ग्टा,संचारकर्मी संतोषमान रन्जितकार , सामुदायिक सेवा केन्द्र छपकैया-२ का संरक्षक श्याम शर्मा , बिरगंज सामुदायिक आँखा हस्पिटल बिरगंजका सन्योजक डा. महेश सिंह धामी , १०० ग्रुप पर्साका बिक्कि कुमार सरार्फ ,अलिडी युथ सोसाईटीका ओम झा, अलिडी युथ सोसाइटीका पीयूष कुमार अग्रवाल , समाजसेबि एमडी मखुरी, विर्ता युथ क्लब राज बर्णबाल ,ग्रिमसिटी सा.प्र.से.के. रतन टेमानी लगायतको सहभागीता रहेको अध्यक्ष खेतानले बताउनु भयो ।




