वीरगंज बाट बीस लाख रकमसहित हुण्डी कारोबार गर्ने साह पक्राउ

वीरगंज, पर्सा
जिल्ला प्रहरी कार्यालय पर्सा ले एक एक जना हुण्डी कारोबार गर्ने ब्यत्कि लाइ पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं.८ घण्टाघर स्थित सडकखण्डमा घण्टाघरबाट आदर्शनगर जादै गरेको ना.४८ प. ७६९१ नम्बरको मोटरसाइकललाई शंका लागी रोकी जाँच गर्दा मो.सा.मा सवार जिल्ला बारा बिश्रामपुर गा.पा.वडा नं.५ नकटुवा बस्ने वर्ष ३१ को चन्दन कुमार साहले बोकेको ब्यागमा श्रोत नखुलेको नेपाली रू.२०,००,०००।– बीस लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ।

उक्त फेला परेको २०,००,०००|-बिस लाख रुपैयाँ र उल्लेखित मो.सा.सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सा मा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close