नेपाल विद्युत प्राबिधिकरण पर्साद्वारा पहिलो पटक परिक्षणको रुपमा ११ केभिको नाङ्गो तार हटाई कभर भएको तार लगाउने कार्य सम्पन्न ।

बिरगंज , पुष १२ गते सोमबार ।

समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिरगंज महानगरलाई सफा सुग्घर , हराभरा , व्यवस्थित र स्वस्थ्य बनाउने अभियान अन्तर्गत सुरक्षाको दुष्टिकोणले समेत रुख बिरुवा तथा मानबिय क्षति हुनबाट बच्नको लागि पहिलो पटक बिरगंज महानगर पालिका वडा न.१० को लोहारपट्टि चोक देखि ठाकुरराम क्याम्पस सम्मको एरियामा ११ हजार केभिको नाङ्गो तार हटाएर प्लास्टिक कभर तार लगाउने कार्य भैई रहेको नेपाल विद्युत प्राबिधिकरण पर्साका प्रमुख जितेन्द्र कुमार झाले बताउनु भयो ।

ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरको समन्वयमा पहिलो पटक परिक्षणको रुपमा ११ हजार केभिको नाङ्गो तार हटाएर पिबिसि कभर भएको तार लगाउने कार्य भैइ रहेको र यो सफल भएमा दोस्रो परिक्षणको रुपमा घडिअर्वा एरिया हुदै बिरगंज महानगर भित्रका सबै ठाउमा सो कार्य गर्दै जाने प्रमुख झाले बताए ।

शनिबार देखि सुरु भएको सो कार्य सोमबार तिन दिनमा सकिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close