सरकारी कार्यालयको शाखा पोखरियामा हुनुपर्ने माग

पोखरिया नगरपालिमा सरकारी कार्यलयहरुको ईलाका वा उपशाखा कार्यलय जस्तै नागरिकता बनाउन, राजस्व समबन्धी कार्य गर्न, मालपोत तथा नापी समबन्धी कार्य गर्न, मतदाता नामावली दर्ता गर्न लगायतको कार्यलयहरु अबिलम्ब स्थापनाको माग गर्दै आज नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं३ द्वारा श्री प्रमुख जिल्ला अधिकारी ज्यु समक्ष जिल्ला प्रशासन कार्यलय पर्सामा ज्ञापन पत्र बुझाईयो।

नागरिकता बनाउन, राजशव सम्बन्धि कार्य गर्न, मालपोत तथा नापी समबन्धी कार्य गर्न, मतदाता नामावली दर्ता गर्न लगायतको जनताको प्रत्यक्ष सरोकारका धेरै जसो कार्यहरु गर्न दिनहु हजारौंको संख्यामा सर्वधारण जनता सरकारी कार्यालयहरु, विरगंजमा धाउनु पर्ने बाध्यता रहेको छ जस कारण गाउँले भेगका सर्वसाधारण जनताले सार्है कष्ट वाध्य भइ भोग्नु परिरहेको समस्या प्रती नेपाली कांग्रेस पर्सा, क्षेत्रीय कार्य समिति क्षेत्र नं ३को गम्भीर ध्यानाकर्षण भएको छ।

नेपाल सरकारको काम देशको प्रत्येक नागरिकलाई सरल र सहज तरिकाले सेवा सुविधा प्रदान गर्नु हो। अत: यस समस्याको समाधान हेतु नेपाल सरकारले पर्सा जिल्लाको मध्य भागमा अवस्थित पोखरिया नगरपालिका, पोखरियामा जनता सित प्रत्येक्ष सरोकार राख्ने सरकारी कार्यालयहरुको ईलाका वा उपशाखा कार्यालय अविलम्ब स्थापना गरि यश भेगका जनता प्रति न्यायोचित व्यवहार प्रदर्शन गरोस भनी नेपाल सरकारको प्रधानमन्त्री समक्ष प्रमुख जिल्ला अधिकारी पर्सा मार्फत नेपाली कांग्रेस पर्सा क्षेत्रीय कार्य समिती क्षेत्र नं ३ माग गर्द्छ।

पर्सा क्षेत्र नं ३ को क्षेत्रीय सभापति श्री कृष्ण प्रसाद चौहान ज्युको नेतृत्वमा ज्ञापन पत्र बुझाउने कार्यक्रममा क्षेत्र नं ३ को क्षेत्रीय कार्य समिती, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, प्रदेश सदस्य, पोखरिया नगरपालिकाका नगर प्रमुख, विन्द्वासिनी गाउँपालिकाका उप प्रमुख, पोखरिया युवा क्लबका सदस्य लगायतको सहभागीता रहियो। जय नेपाल

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close