
नेपाल रेडक्रस सोसाइटी आदर्शनगर उपशाखा को ३८औ साधारण सभा सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी प्रदेश नं २ का सभापति फुलमहमद मिया को सभापतित्वमा तथा नेपाल रेडक्रस सोसाइटी आदर्शनगर उपशाखा का सभापति सन्तोष कुमार गुप्ता को सभापतित्वमा मा कार्यक्रम सम्पन्न भएको छ
उत्क कार्यक्रममा विशिष्ट अतिथि नेरेसो पर्सा का सभापति बिरेन्द्र राज कडेल,वीरगंज महानगरपालिका वडा नं १० का वडा अध्यक्ष रामनगिना प्रसाद कानु, समाज सेवी एंव शिवपार्वती मंठ एंव अतिथि सदन को अध्यक्ष परमानन्द साह कानु,अतिथिहरु मा नेरेसो पर्साका सदस्य मदन गुप्ता, श्रीमती बबिता कुमारी कानु,को उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तब्य श्रीमती अंजु श्रेष्ठ ले गरेकी थिए भने खादा वितरण गुडिया कुमारी साहले गरेकी थिइन्। सो कार्यक्रममा पत्रकार राहुल गुप्ता,रमेश कुमार , मनोहर साह र ज्ञानू ढुंगाना लाई covid 19 को नियंत्रणमा आफ्नो अमूल्य भूमिका निर्बाह गरे बापत आबिर टिका तथा गम्छा लगाई प्रमुख अतिथिले सम्मान गरेका थिए।
सो कार्यक्रममा पवन अग्रवाल,मनोज कानू,दीपक साह , किशोरी साह,प्रभाकर गुप्ता,कृष्णा कुशवाहा,आनंद गुप्ता,रवि कानू,रवि श्रीवास्तव,राकेश साह कानू,रूपा श्रेष्ठ,संयोष देवी,भारत साह,राज किशोर चौबे,मनोज कुमार साह आदि को उपस्तिथि थियो ।यस कार्यक्रमको संचालन उप-शाखाको सचिव शिव गोयलले गरेका थिए।




