
बिरगंज , माघ १५ गते शनिबार ।
एमनेष्टी इन्टरनेसनल ग्रुप १६ वीरगञ्ज नेपालको शनिबार वीरगञ्जमा साधारण सभा समपन्न भएको छ । एमनेष्टी इन्टरनेसनल ग्रुप १६ का संयोजक राजेश बोथराको अध्यक्षता एवम जिल्ला समन्वय समिती पर्साका सभापती नेक महम्मद मियाको प्रमुख आतिथ्यमा वीरगञ्जको होटल कन्ट्री इनमा बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सो सभाको विशिष्ट अतिथी नेपाल विद्युत प्राधिकरण वीरगञ्जका प्रमुख जितेन्द्र झा,विशिष्ट अतिथी पब्लिक एफ एमका संचालक रेडियो नेपालका पत्रकार एवम जानकी टेलिभिजनका ब्युरो प्रमुख राजेन्द्र सिंह राजपुत, अतिथी फोनिज पर्साका अध्यक्ष एवम पर्सा पोस्टका संचालक अजित भुजेल, समाजसेवी हुकुम सिंह , नेपाल रेडक्रस सोसाइटी रेशमकोठी का सव्हिव लालबाबु सिंह ,पब्लिक एफ.एमका सन्जय दास थारु एवम सन्चारकर्मी अन्शु ढुंगाना एवम ग्रुपका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।
सो सभाको प्रमुख अतिथी मियाले दिप प्रज्जवलन गरि उदघाटन गरेका थिए साथै नव सदस्यहरुलाई एमनेष्टीको कीट प्रदान गरेका थिए । सो अवसरमा प्रमुख अतिथी मियाले बर्तमान समय मानवअधिकारको क्षेत्र सङ्गसङ्गै देशको हरेक क्षेत्रमा आफ्नो योगदान दिन आवश्यक रहेको औलाउदै युवाहरुले नै देश समाजलाई बदलिने हुनाले तपाईं सबै आआफ्नो क्षेत्रमै अमुल्य योगदान दिने ब्यक्तित्व भएको प्रसंशा गर्दै मानव सेवा सङ्गै समाज र देश को विभिन्न बिकृती, बिसङ्गती एवम भ्रस्टाचार सङ्ग पनि लडनु पर्ने समय आएकोले यो भार उठाउनुस हामी तपाईंहरुको साथ छौ भनी प्रतिबद्धता पनि व्यक्त गनु भयो ।
साथै वहाँले नया कार्यसमिति लाई बधाई तथा शुभकामना पनि दिनु भयो । उहाले बिगतको कोरोना महामरीको विषम समयमा गरिएको मानव सेवालाई सम्झिदै तपाईं हामी सबै मिलि गरिएको मानव सेवा नै आफूलाई अझ बढी सामाजिक सेवाको क्षेत्रमा लाग्ने प्रेरित गरिरहेको र सम्पुर्ण सहयोगी हातहरुलाई धन्यवाद पनि दिनु भयो ।
बिशिस्ट अतिथी जितेन्द्र झाले एमनेष्टी इन्टरनेसनलको विश्व ब्यापी र नेपालमा मानवअधिकारको क्षेत्रमा गरिरहेको कार्यको प्रसंशा गर्दै नेपाल बिधुत प्राधिकरण कुलमान घिसिङको नेतृत्वमा अब नेपाल र नेपाली जनताको सेवा गर्न अझ बढी सक्षम हुँदै गएको र भविष्यमा नया नया टेक्नोलोजीहरुको साथ लिएर विभिन्न चुनौतिहरुलाई समाप्त गर्दै अझ सुदृढ हुने बताउदै एमनेष्टी इन्टरनेसनल ग्रुप १६ को साधारण सभाको सफलताको बधाई तथा शुभकामना दिनु भएको छ ।
सभाको सुरुवात राष्ट्रिय गान बजाइ उभिएर सम्मान गर्दै एवम विश्व शान्तिको लागि एक मिनेट मौन धारण गरिएको सो कार्यक्रमको दोश्रो बन्द सत्रमा सचिवको बार्षिक प्रगती प्रतिवेदन एवम कोषाध्यक्षको आर्थिक प्रतिवेदन सभाले अनुमोदन गर्दै संयोजकमा पुनः राजेश बोथरालाई सर्वसम्मतले चयन गरिएको थियो । सो सभामा स्वागत मन्तव्य प्रकाश बाहेतीले एवम भने सहजीकरण सचिव मनोज बावरीले गर्नु भएको थियो ।




