मधेशमा शीतलहरको कहर : पर्सामा राहत प्रभावकारी बनाउने सर्वपक्षीय निर्णय, बितरणमा एकद्वार प्रणाली अपनाइने

मधेशमा शीतलहरको कहर : पर्सामा राहत प्रभावकारी बनाउने सर्वपक्षीय निर्णय, बितरणमा एकद्वार प्रणाली अपनाइने

राहुल गुप्ता
तराई मधेशमा जिल्लामा विगत एक सातादेखि चलेको शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । शीतलहर र चिसो हावाका कारण विपन्न वर्गमा मानिस बढी प्रभावित भएपछि पर्सामा राहत बितरण गर्ने सर्वपक्षीय निर्णय भएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जाडोले बढी प्रभावित पर्साका विपन्न परिवारलाई कम्बल, बालबालिकाका लागि न्यायो लुगा, जुत्तालगायतका सामग्री बितरण गर्ने निर्णय गरेको हो ।

राहतको प्रभावकारिताका लागि एकद्वार प्रणालीबाट बितरण गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । कुनै पनि संस्था वा स्थानीय पालिकाहरुले जिल्लामा राहत बितरणका लागि प्रशासनले बनाएको संयन्त्रमा सूचीकरण हुनुपर्ने छ ।

राहत वितरणलाई सहजीकरणका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल पत्रकार महासंघ, वीरगञ्ज उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटीलगायतका सरोकारका पक्षको सहभागितामा क्विक रेस्पोन्स टीम बनाइएको छ ।

जाडोबाट बच्न ठाउँठाउँमा आगो ताप्ने व्यवस्थाका लागि डिभिजन वन कार्यालयले दाउरा उपलब्ध गराउने भएको छ । रेडक्रस सोसाइटी, नेपाली सेना, वीरगञ्ज उद्योग वाणिज्य संघ, ग्रीन सिटी सामुदायिक सेवा केन्द्रलगायतले तत्कालका लागि कम्बल उपलब्ध गराउने र अन्य संघसंस्था, प्रतिष्ठान र पालिकाहरुलाई अन्य राहत सामग्रीका लागि आह्वान गर्ने निर्णय भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close