नेपाली कांग्रेसबाट महानगरको उपमेयरमा चुनाव लडने किन ?

वीरगंज, पर्सा

नेपाली कांग्रेसमा तिन दशकभन्दा लामो समयदेखि रुपा देवी श्रेष्ठ सक्रिय छिन् । उन वि.स. २०४६ सालदेखि राजनीतिमा होमिएकी श्रेष्ठ अहिलेसम्म राजनीतिमा लागिरहेकी छिन् ।

वीरगंज महानगरपालिका वडा नम्बर १० निवासी श्रेष्ठले २०५४ सालमा वडा सदस्यको रुपमा जितेर वडामा काम गर्ने अवसर पाइन् ।

२०५५ सालमा महिला संघको जिल्ला सचिव भइ २०६३ सालसम्म महिला सशक्तिकरणको क्षेत्रमा काम गरेको अनुभव पनि श्रेष्ठले बटुलेकी छिन्।
महिलाहरुको क्षमता अभिवृद्धि र व्यक्तित्व बिकासका निम्ती श्रेष्ठले काम गरेकी छिन् ।

२०६२/६३ को आन्दोलनमा प्रहरीको कुटाई खानुका साथै जेलसमेत गएकी श्रेष्ठले मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगंजको उपप्रमुखको आकाङ्क्षीको रुपमा अघि सरेकी छिन् ।

पार्टीको जिल्ला सदस्य हुँदै १३ औँ र १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनीधिमा पराजित भएकी श्रेष्ठ पर्सा जिल्लामा नेपाली काङ्ग्रेसका नेतृहरुको नाममा अग्रपंक्तिमा आउँछिन् ।

२०७३ सालमा जिल्ला विकास समितिमा जिल्ला समन्वय समितिको उपसभापति भएर पनि श्रेष्ठले काम गरेकी थिइन् ।

शैलेजा आचार्य प्रतिष्ठानकी जिल्ला अध्यक्षसमेत रहेकी श्रेष्ठले २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वीरगञ्ज महानगरपालिकाको उपप्रमुखको टिकट पाउने लगभग पक्कापक्की भएको थियो ।

तथापी अन्त्यमा अग्रजको सम्मान गर्दै उनले टिकट त्याग गरेर शान्ती कार्कीलाई जिताउन लागि परेकी थिइन् । महिलाहरु राजनीतिक क्षेत्रमा पनि सहभागि हुनुपर्छ र नेतृत्व तहमा महिलाको प्रतिनीधित्व बढाउनुपर्छ भन्ने ध्येयका साथ उनले उपपमुखमा दावेदारी गरीरहेकी छिन् ।

श्रेष्ठले वडामा महिला समूहको गठन गरेर विभिन्न किसिमका सिपमुलक तालिमको आयोजना गरी महिलालहरुलाई आत्मनिर्भर बनाउने बाटो पनि पहिल्याउँदै आएकी छिन् ।

पार्टीप्रतिको योगदान र पारिवारीक पृष्ठभूमि पनि नेपाली काङ्ग्रेसप्रति नै आस्थावान भएकाले विश्वास गरेर पार्टीले टिकट आफुलाई नै दिनेमा श्रेष्ठ विश्वस्त देखिन्छीन् । टिकट पाएर उपप्रमुखमा निर्वाचित भएपनि न्यायिक क्षेत्रमा निष्पक्ष भएर काम गर्ने उनको भनाई छ ।

घरेलु हिंसा तथा अन्य विभिन्न प्रवृतिहरुका कारण महिलाहरु पछाडी परीरहेको उल्लेख गर्दै श्रेष्ठले महिलाको हकहित र महिलाको अधिकारका लागि सदैव आवाज उठाउने प्रतिबद्धता जनाएकी छिन् । yatradaily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close