
वीरगंज, पर्सा
बिल विजक भन्दा बढी बिभिन्न किसिमका लत्ताकपडाहरू तथा हार्डवेयर लगायतका मालवस्तुहरू प्रहरी ले नियन्त्रण मा लिएको छ।
राजश्व छली पैठारी गरी जनकपुरतर्फ लादै गरेको सूचना प्राप्त जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं.८ घण्टाघर सडकखण्डमा ना.३ ख. ३१३ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर लगायतका मालबस्तुहरू फेला परेको र उक्त ट्रक नियन्त्रणमा लिई रू. ५०,००,०००।- ( पचास लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको जनाएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस




