
बिरगंज , भदौ ०८ गते बुधबार ।
पर्सा जिल्ला ठोरी गाउपालिका वडा न. ४ स्थित निर्मलबस्ती नजिकै मोटरसाइकल दुर्घटना हुंदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।
ठोरी वडा न. ३ को शिकारीबासमा आफन्तकोमा पुगेर फर्कदै गरेका बिरगंज महानगरपालिकाका कर्मचारी हाल वडा नं. ९ का सहायक सचिव जगत दीप बिष्टको हुलाकी सडक आइपुग्नै लाग्दा(हुलाकी सडक भन्दा करीब २०० मिटर उत्तर) कच्ची बाटोमा आज अपरान्ह ४ बजे मोटरसाइकल दुर्घटना हुँदा घटना स्थलमै मृत्युु भएको ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
मोटरसाइकलका एकजना मात्र सवार रहेको र अनियंत्रित भइ दुर्घटना भएको अनुमान गरिएको इप्रका ठोरीले जनाएको छ ।
घटनाबारे मृतकका परिवारलाई खबर गरि सकेको र बिरगंजबाट शब बाहन मगाएर बिरगंज नारायणी अस्पताल पठाइएको प्रहरी ले जनाएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस




