
अजित भुजेल
बिरगंज , साउन , ०१ गते शुक्रबार ।
पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले बिरगंज उद्योग वाणिज्य संघ र सेफर बिरगंजलाई रु.१० लाखको लागत पर्ने २१ थान सिसिटिभी क्यामेरा हस्तान्तरण गरेका छ ।
उक्त हस्तान्तरण कार्यक्रममा बिरगंज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता, पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, संघका उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, कोषाध्यक्ष गोविन्द शाह, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिवद्वय सुशान्त चाचान र अनोज रुँगटा, कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
त्यसै गरि संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा सहजीकरण संघका महासचिव तथा सेफर वीरगञ्ज समितिका सभापति मनोजकुमार दासले गर्नु भएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




