
यस्तै बैठकले पर्साका १३ स्थानीय तहमा गठबन्धनको अवस्था अध्ययन तथा विश्लेषणका लागि नेपाली कांग्रेस पर्साका नेता रामनारायण कुर्मीको संयोजकत्वमा जिल्ला स्तरिय उपसमिति गठन गरेको छ ।
उक्त समितिको सदस्यमा नेपाली कांग्रेसबाट अशोक गुप्ता, जसपाबाट तबरेज अहमद, जनार्दन यादव, ललन द्विवेदी, नेकपा माओवादी केन्द्रबाट शेखचाँद तारा र छोटेलाल यादव र नेकपा एकिकृत समाजवादी पार्टीबाट गंगा बहादुर खड्का रहेका छन् ।
बैठकलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादवले गठबन्धनलाई हरेक स्थानीय तहमा जित दिलाउनुपर्नेमा जोड दिए । केन्द्रिय गठबन्धनको निर्णयबमोजिम पर्सा जिल्लामा पनि गठबन्धनको पवित्रतालाई जोगाउन र गठबन्धनको मर्यादा कायम राख्नुपर्ने सांसद यादवको भनाई छ । वीरगञ्ज महानगरपालिकामा गठबन्धनबाट मेयरका साझा उम्मेदवार राजेशमान सिँह र नेपाली उपमेयरमा इम्तियाज आलमलाई मतदान गर्न गराउन र गठबन्धनका उम्मेदवारलाई बहुमतले बिजयी बनाउन सबै लाग्न पनि उनले आग्रह गरेका छन् ।
बैठकमा नेकपा माओवादी केन्द्र पर्साका अध्यक्ष रामदरश कुश्वाह, जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, नेकपा एकिकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा, नेकपा एसका नेता चिरञ्जीवी आचार्य लगायतको उपस्थिती रहेको जसपा निर्वाचन प्रचार प्रसार समितिका संयोजक एवम् जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए ।




