
वीरगंज/१भादौ
भुमिहिन सुकुम्बासी,दलित भुमिहिन सुकुम्बासी तथा अवस्थित बसोबासीहरुलाइ गाँस,बास,कपास को माँग गर्दै वीरगंज मा प्रदर्सन गरेका छन्।
चुरे तथा वन जंगल संरक्षण अभियान पर्सा को आयोजना मा वीरगंज स्थित छपकैया पोखरी को डिलमा जम्मा भइ त्यहाँ बाट बिभिन्न नाराहरू लगाउदै जस्तै बन फडानी गर्न पाउदैन , भुमिहिन दलित सुकुम्बासी , भुमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबास लाइ गास,बास, कपास को व्यवस्था गर भन्दै नारा लगाउँदै बिरोध प्रदर्सन गर्दै वीरगंज को घण्टाघर चौकमा आइ कोणसभा परिणत भएको थियो।
कोणसभा लाइ सम्बोधन गर्दै चुरे तथा वन जंगल संरक्षण अभियान का राष्ट्रिय सह-संयोजक रानी राय ले मधेश प्रदेश का मुख्य मन्त्री तथा प्रदेस सांसद समेत लाइ भुमिहिन सुकुम्बासी, भुमिहिन दलित सुकुम्बासी, अव्यवस्थित बसोबास भएकाहरुको समस्या समाधान को लागि पहल गरेपनि सुनुवाई नभएको ले बिरोध कार्यक्रम गरको बताएकी थिइन्।
त्यस्तै कोण सभा सम्बोधन कै क्रममा विजय कुमार पासवानले भुमिहिन सुकुम्बासी, भुमिहिन दलित सुकुम्बासी, अव्यवस्थित बसोबास भएकाहरु लाइ सरकारले जग्गा धनी प्रमाण पुर्जा र गास , बास, कपास को सरकारले व्यवस्था गर्नु पर्ने भनि माँग गरेका थिए।




