बिरगंजको बीपी उद्यानको जग्गामा पार्किङ निर्माण र ठेक्का समेत नदिन उच्च अदालत जनकपुर अस्थायी ईजलास बिरगंजद्वारा अन्तरिम आदेश।

बिरगंज , भदौ ०६ गते सोमबार।

बिरगंज स्थित घण्टाघरको उतरतर्फ रहेको बीपी उद्यानको जग्गामा निर्माण भएको पार्किङ स्थलविरुद्ध परेको मुद्दामा सुनुवाइ गर्दै उच्च अदालत जनकपुर अस्थायी इजलास बिरगंजले अन्तरिम आदेश जारी गरेको छ।

सो मुद्दामा सोमबार सुनुवाइ गर्दै अदालतले बीपी उद्यानको जग्गामा निर्माण भइरहेको पार्किङ स्थलको कार्य अघि नबढाउन तथा ठेक्का दिने समेतको काम कारबाही नगर्न भनी अन्तरिम आदेश दिएको हो।

अदालतले उक्त जग्गामा बीपी उद्यान बाहेक कुनै पनि सवारी पार्किङ निर्माण गर्ने तथा ठेक्का दिने समेत काम कारबाही नगर्नू, नगराउनू भनी विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरेको हो।

सोमबारको पेसीमा रिट निवेदक धीरज गुप्ताको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठीले बहस गरेका थिए। घण्टाघरको उत्तरतर्फ रहेको बीपी उद्यानको जग्गामा असारतिर पार्किङस्थल निर्माण गर्न थालिएपछि त्यसको चौतर्फी विरोध भएको थियो।

बीपी उद्यानको जग्गामा उद्यान बाहेक अन्य संरचना बनाएको भन्दै बिरगंजका युवा नेता धीरज गुप्ताले बिरगंज महानगरपालिका, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा ठेकेदार कम्पनीलाई विपक्षी बनाई उच्च अदालत जनकपुर अस्थायी इजलास बिरगंजमा २०७८ असार २८ गते रिट निवेदन दर्ता गराएका थिए।

बी.पि.उधानको मुद्दामा आज भदौ ०६ गते सोमबारको पेशीमा निबेदन माग सहितको दाबीमा उच्च अदालत जनकपुर अस्थाई इजलाश बिरगंजद्वारा बि• पि• उधान बनाउने बाहेकका अन्य कुनै सवारी पार्किंग निर्माण गर्ने तथा ठेका दिने समेतको काम कार्यवाही नगर्नु नगराउनु भनी बिपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी भएको हो। त्यसैगरी,यहि भदौ २० फेरी अन्तरिम आदेश बहस हुनेछ नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ताले जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close