
काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले नक्सा पास नगरि निर्माण गरिएका र पार्किङका लागि पास भएका स्थानमा पसल व्यवसायलाई भत्काउने कार्यलाई तिव्रता दिइएका छन् । ३५ दिने सुचना जारी गरि केही दिनदेखी उनी कडा सुरक्षाका साथ मैदानमा उत्रेका छन् । उनले उक्र कार्यको चौतर्फि समर्थन पनि पाइरहेका छन् ।
मेयर बालेनले गरेको यस कदमबाट अन्य जिल्लाका प्रमुख शहरहरुमा पनि अवैध रुपमा निर्माण गरिएका सडक पेटिका संरचनाहरु भत्काउने तयारीमा रहेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरले पनि यस विषयमा चासो राख्न थालेको छ । लामो समयदेखी सडक विस्तारको विवाद रहदैं आएको हेटौंडामा दशैतिहार पछि सडक विस्तारको तयारीमा हेटौंडा उपमहानगर पालिका रहेको बुझिएको छ ।
मुख्य सडकको छेउमा नक्सा पास नभइ बनेका साना ठुला टहराहरु पनि ३५ दिने सुचना आजभोली प्रकाशन गरि काम सुरु गरिने मेयर मिनाकुमारी लामाले बताइन् । सिधाखबरसँग कुरा गर्दै मेयर लामाले भनिन्ः अब उपमहानगरले ३५ दिने सुचना प्रकाशन गर्छौ र नहटाइएको पाइएमा उपमहानगरले मेशिन प्रयोग गरि हटाउछौं । अरु नगरपालिकाले के गर्छन भन्ने तिर भन्दा पनि हेटौंडामा हामी नगरबासीलाई जानकारी दिएर काम गर्छौं । अब २५ मिटर सडक चौडा बनाउन अदालत सँग पनि समन्वय गरिसकेको उनले बताइन् ।
पार्किङको लागि पास गरि घर बनाएका घरधनीले पसल व्यवसाय सञ्चालन गरेको पाइएमा कानुनी कारवाही गरिनुका साथै पसललाई हटाउने समेत बताइन् । चाडपर्व पश्चात उक्त कार्य गरिनुका साथै यस अघि आवश्यक छलफल गरिने बताइन् । sidhakhabar




