बारा यातायात कार्यालयमा आज भएको ट्रायल सेन्टरमा अख्तियारको टोली पस्दा कर्मचारीहरुमा रूवाबासी

बारा यातायात कार्यालयमा आज भएको ट्रायल सेन्टरमा अख्तियारको टोली पस्दा कर्मचारीहरुमा रूवाबासी

बारा — बारा जिल्लाको कलैया स्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आज भएको ट्रायलमा अख्तियारको टोली पस्दा कर्मचारीहरूमा रुवाबासी छाएको छ।

आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पस्दा कार्यालयमा त्रास फैलिएको छ। आज रि- ट्रायल परिक्षा भएको A, B, C,C1,K समुहको लागि बिचौलियाबाट लिइसकेको पैसा फिर्ता गर्नुपर्ने अवस्था आउन सक्ने त्रासमा कर्मचारीहरु रुवाबासी रहेको पाइएको छ।

मधेश प्रदेशका मुख मन्त्री शतिस सिंहको अशिर्बादले हालै नियुक्त भएका कार्यालय प्रमुख अरबिन्द दासमाथि खुला रुपमा पैसा लिएर लाइसेन्स वितरण गर्ने,नतिजा लुकाउने र बिचौलिया परिचालनमार्फत सेवाग्राही ठग्ने आरोप लागेको छ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा प्रमुख दाससँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्विच अफ देखिएको थियो।

प्राप्त जानकारीअनुसार प्रमुख दासले सवारी चालक अनुमतिपत्रको ट्रायल तथा लिखित परीक्षा पास गराउने नाममा मोटरसाइकल, स्कूटी तथा टेम्पो वर्गमा १५ देखि २० हजार र कार, जिप, भ्यान वर्गमा ३० देखि ४० हजार रुपैयाँसम्म असुली गर्दै आएका छन्।

कार्यालयका एक कर्मचारीले नाम नखुलाउने शर्तमा बताएका अनुसार प्रमुख दासले आफू मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहको निकट रहेको दाबी गर्दै खुल्लामखुल्ला पैसाको बार्गेनिङ गर्दै आएका छन्। “प्रदेश सरकारमा भेटी चढाएर आएको हुँ, कसैले केही गर्न सक्दैन” भन्ने दाबी दासले गरिरहेको स्रोतले जनाएको छ।

सेवाग्राही शैलेश साह तेलीका अनुसार कार्यालय परिसरमै प्रमुखको निर्देशनमा सक्रिय बिचौलियाहरु मास्क, चटपटे, फलफूल बेच्ने जस्ता व्यापारीका रूपमा बसेर लाइसेन्स बनाउन आएका सर्वसाधारणलाई ठग्ने काममा संलग्न छन्। ती बिचौलियामार्फत उठेको रकम कार्यालय प्रमुखका निकट कर्मचारीहरूमार्फत ‘आन्तरिक दररेट’ अनुसार संकलन गरिने आरोप लागेको छ।

पूर्वमुख्यमन्त्री सरोज कुमार यादव र यातायात मन्त्री चन्दन कुमार सिंहको पहलमा स्थापित यस कार्यालय हाल मुख्यमंत्री सतीश सिंहको आशीर्वादमा प्रमुख दासको रजाई भएको आरोप सेवाग्राहीहरूले लगाएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close