
नेपाल फोटो पत्रकार महासंघ पर्साको नयाँ नेतृत्वको पहिलो बैठक नेपाल पत्रकार महासंघ पर्सा शाखाको भवन सम्पन्न भएको छ।
उक्त पत्रकार महासंघको बैठकबाट निम्न प्रकार निर्णयहरु गरेको छ।
जस्तै:-
नेपाल फोटो पत्रकार महासंघ पर्सा को निर्वतमान अध्यक्ष बिजय चौहान नेतृत्वको कार्यसमिति को धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सहयोग अपेक्षा राख्न सर्वसहमति बाट निर्णय गरेको छ।
नेपाल फोटो पत्रकार महासंघको दोस्रो केन्द्रिय महाधिवेशनको लागि पर्सा शाखाको तेर्सो जिल्ला अधिवेशनबाट चुनिएका राम सरार्फ,पकंज श्रेष्ठ,बिजय चौहान,क्रान्ती साहलाई पठाउने सर्वसहमतिबाट निर्णय गरेको छ।
भदौ २९ देखी ३१ सम्म हुने चितवनको सौराहामा हुने दोस्रो केन्द्रिय महाधिवेशनमा पर्सा जिल्लाबाट सहभागिताको लागि तयारी गर्ने र सोको सम्पुर्ण जिम्मेवारी कार्यसमितिका पदाधिकारीलाइ दिने सर्वसम्मतिबाट निर्णय गरेको छ।
साथै बैठकले नयाँ कार्य समितिका अध्यक्ष खतिवडा र काेषाध्यक्ष शम्भु कुमार सुमन साहको नामले महासंघकाे आर्थिक काराेबार संचालनकाे लागि नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेकाे खाता संचालक परिवर्तन गर्ने पनि निर्णय गरेकाे महासंघ पर्साका सचिव श्रवण प्रसाद साहले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्काकाे विशेष उपस्थितीमा भएकाे बैठकमा फाेटाे पत्रकार महासंघ पर्साका सदस्यहरु एसएम जहान गस्त, राजन रौनियार, विनाेद पटेल, प्रणय साह, आराेहण साह, राहुल गुप्ता लगायतकाे उपस्थिती रहेकाे थियाे ।





