यौन पेशाको लाइसेन्स माग्दै मुख्यमन्त्री कार्यालय अगाडी धर्ना !

आइतबार केही महिला सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय अगाडी धर्ना बसेका देखिन्थे। उनीहरु बादी समुदायका महिला थिए।

बाँच्न पाउने अधिकार कुन्ठित भएको भन्दै उनीहरु प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउन आएका थिए। उनीहरुको तर्फबाट प्रदेशसभा सदस्य उमा बादीले मुख्यमन्त्री त्रिलोचज भट्टलाई ज्ञापनपत्र बुझाएकी हुन्।

उनले बादी समुदायको बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने र विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको बताइन्। dineshkhabar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close