
वीरगंज, पर्सा
सत्य बचन परम इश्वरिय मार्ग दर्शन कार्यक्रम सम्पन्न भएको छ।
सत्य बचन परम इश्वरिय मार्ग दर्शन पटेर्वासुगौली गाउँपालिका वडा नं ४ शाखा को आयोजनामा सत्याबचन बोलन कार्यक्रम सम्पन्न भएको छ।
जसपा नेपाल मधेस प्रदेश परिषद सदस्य शिव कुमार साहले सत्य बचन परम इश्वरिय मार्ग दर्शनको कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिका वडा नं.४ को फरदवामा सहभागी भई शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सबैले सत्य वचन बोलुन समाजको उत्थान होस भनी कामना गर्नु गरेका थिए ।
संस्थाको केन्द्रिय अध्यक्ष निरनजन पान्डेको अध्यक्षता भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महतो, जसपा क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव, प्रमोद उपाध्याय, सिकेन्द्र सहनी एवं हजारौं भक्तजनहरुको सहभागिता रहेको थियो
आफ्नो प्रतिक्रिया दिनुहोस




