पर्सा जिल्लामा हुन्डी कारोबारीहरु लाई तह लगाउदै प्रहरी उपरीक्षक कोमल शाह

पर्सा जिल्लामा अवैध हुण्डी करोबार बढ्दै गएको छ । प्रहरीले श्रोत नखुलेको २२ लाख ५० हजार रुपैयाँ सहित २ हुण्डी करोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३४ वर्षीय बिकाश साह र वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ ईनर्वा मनियारी निवासी १९ वर्षीय सुवास कुमार साह छन् । मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्जको घण्टाघरस्थित सडकखण्डबाट उनीहरुलाई नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो ।
प्रहरीले उनीहरु माथि शंका लागि चेकजाँच गर्ने क्रममा बीआर–५–एई ९३४३ नम्बरको भारतीय स्कुटरमा पछाडी बस्ने सुवास कुमार साहले बोकेको झोला भित्र १ हजार, ५ सय तथा १ सय दरका २२ लाख ५० हजार नेपाली रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो । साथै अभियुक्तहरुले प्रयोग गरेको मोबाईल २ थान समेत बरामद गरेको उहाँले बताउनुभयो ।

आफूसंग रहेको रकमको श्रोत खुलाउन नसक्दा उनीहरुलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भैरहेको पर्साका प्रहरी प्रवक्ता एवम डिएसपी गिरीले बताउनुभयो

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close