
वीरगन्ज, पर्सा
वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ।
बिरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले आफनै कार्यकक्षमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल माल्ललाइ फुलको माला लगाइ दोशाला ओढाइ र मायाको चिनो प्रदान गरि फेरि भेटौला बिदाई कार्यक्रम गरेका हुन् ।
फेरि भेटौला बिदाइ कार्यक्रममा उप-प्रमुख इम्तियाज आलमले मन्तव्यको क्रममा प्रहरी निरीक्षक विशाल मल्लले गरेको कार्य हामी वीरगन्जवासी कहिले बिर्सिन सक्दैन। यहाँले गरेको कार्यबाट आउने प्रहरी निरीक्षकहरुको लागि प्रेरणाको स्रोत हुनेछ । यहाँको कार्यकालमा अहिलेसम्म कुनै किसिमको गुनासो कहिबाट सुन्न पाईएको छैन र आउने दिनमा हाम्रो शुभकामना छ कि बढुवा भएर फ़ेरि हाम्रो वीरगन्जमा आउनु हुन्छ र वीरगन्जवासीको सम्बन्ध कहिले पनि छुट्ने छैन जस्ता मन्तव्य राख्नु भएको थियो।
उक्त फेरि भेटौला बिदाई कार्यक्रममा नेपाली कांग्रेस युवा नेता धर्मराज यादव, बिरगंज महानगरपालिकाका कर्मचारी नेहा मिश्र तथा सजाद हुसेन सहभागीता रहेको थियो ।




