वडा नम्बर ९ का वडा कार्यालयको सहजीकरणमा ३० जना महिलाहरुलाई एक महिने सिलाइकटाइ तालिमको आज समापन

बिरगन्ज ।कार्तिक २ गते बिरगन्ज महानगरपालिका वडा नम्बर ९ का वडा कार्यालयको सहजीकरणमा ३० जना महिलाहरुलाई एक महिने सिलाइकटाइ तालिमको आज समापन कार्यक्रममा प्रमाण पत्र साथै सिलाइ मेशिन पौदान सहित सम्पूर्ण सहभागीलाइ वितरण भएको छ ।

वाडका महिलाहरुलाइ रोजगार तथा आत्मनिर्भर बन्न यस कार्यक्रमबाट शतप्रतिशत उपलब्धि पाउने भएकोले यस्ता किसिमको कार्यक्रमलाइ निरन्तरता दिएको वडा अध्यक्ष मनोज कुमार कलवारले बताउनुभयो ।

सिकेको सिप प्राप्त प्रबिधि सिलाइ मेशिनबाट घर परिबार तथा आफन्तहरुमा उपयोग पछि मात्र आय आर्जन तथा रोजगार तर्फ अघि बढ्न वडा अधिकृत राजीव गिरीले सह्भागीहरुलाई मन्तब्य दिएका थिए।

कार्यक्रममा ३० जना महिला सहभागीहरुलाई सिलाइ मेशिन साथै प्रमाणपत्र बितरण भएको छ ।
कार्यक्रममा सहभागी सरिता गुप्ताको अध्यक्षतामा प्रमुख अतिथी मनोज कुमार कलवार ,बिशिष्ट अतिथी राजीव गिरी महिला सदस्य दिलमाया श्रेष्ठ, प्रशिक्षक पुनम पटेल , संयोजक उद्घोषक बंशीधर रौनियारको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close