गिरिजा प्रसाद कोइराला फाउन्डेसनको पर्सा संयोजकमा धिरज कुमार गुप्ता

वीरगंज, पर्सा

गिरिजा प्रसाद कोइराला फाउण्डेशनको पर्सा संयोजकमा धिरज कुमार गुप्तालाइ मनोनयन गरेको छ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशनको मिति २९७९/०९/०१ गतेको निर्णय बमोजिम फाउण्डेशनको पर्सा जिल्ला संयोजक पदमा २ वर्षको लागि धिरज कुमार गुप्तालाइ मनोनयन गरिएको छ ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशनका विभिन्न जिल्ला स्तरिय योजना तथा कार्यक्रमहरु प्रदेश समिति संग आबस्यक समन्वय तथा सहकार्य गरि अगाडी बढाउनु हुनेछ भन्ने अपेक्ष्या लिएको छु भनि गिरिजा प्रसाद कोइराला फाउण्डेशन की अध्यक्ष सुजाता कोइराला द्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशनको बिधान बमोजिमको उदेश्यहरु प्राप्ति गर्न यहाको कार्यकाल सफल रहोस भन्ने शुभकामना समेत व्यक्त गरेकी छिन्।

संयोजकमा मनोनयन भएका‌ गुप्ता वीरगंजमा रहेको बि.पि उधानको जग्गालाई कंक्रीटमय हुन बाट बचाउन तथा बि.पि उधानको जग्गालाई अरु केही नभइ पार्क नै बनाउनका लागि वीरगंज महानगरपालिका संग एक्लै अदालतीय मुद्दा लडेर वीरगंज वासीलाई जित दिलाएका नेपाली कांग्रेसका युवा नेता तथा गुप्ताको परिवारको नेपाली कांग्रेसमा उतिकै योगदान रहेको छ।

गुप्ताको हजुरबुवा हरिहर साह कलवारले नेपाली कांग्रेसमा लागि धेरै दिन राज्य बाट दुख पाउनुको साथै जेल पनि जानु परेको थियो। यस्ता परिवारिक पृष्ठभुमिबाट आएर पनि नेपाली कांग्रेसमा धेरै त्याग गर्दै सधै नेपाली कांग्रेसको लागि लडिरहने धिरज कुमार गुप्ता एक युवा नेताको रुपमा नाम कमाएको ब्यत्कितत्व हुन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close