लाईसेन्स फाँटमा निःशुल्क मेडिकलको नाममा डा.पटेलको लुटतंत्र

वीरगंज १६ पर्सा

पर्सा जिल्ला स्थित यातायात व्यवस्था कार्यालय वीरगंज लाईसेन्स फाँटमा निःशुल्क मेडीकलको नाममा मेडिकल गर्ने डाक्टर हरुले लुटतंत्र अवस्था बनाएका छन। फिजिकल टेस्टमा आँखाको पावर, छारेरोग,पागलपन, रिंगटा लाग्ने,फोक्सो तथा हिर्दय सम्बन्धी रोग,कुनै किसिमको मानसिक रोग,हात खुट्टा नभएको सम्बन्धी चेक जाँच गर्ने हुन्छ।

तर यहाँ रहेका डाक्टर हरुले पैंसाको लोभमा मेडिकल सम्बन्धी चेक जाँच नगरीकन पास गराउने गरेका छन्। जस्तै व्यक्ति अपाङ्ग,हिर्दय रोग,आखा सम्बन्धी रोग, बौलाएको, हात खुट्टा सम्बन्धी समस्या भएका,अथवा विदेश भएका व्यक्तिको पनि पैसाको भरमा मेडीकल गर्ने गरेको समाचार प्राप्त भएको छ।

आँखा सम्बन्धि रोगको रु५००/- देखी रु१०००/- सम्ममा पास गराइने,हात खुट्टामा समस्या भएमा रु १५००/- देखी रु २०००/- सम्ममा पास गराइने तथा आउन नसक्ने तथा विदेशमा रहेका हरुको लागि अंगिनत रकम असुल गरी मेडिकल पास गराउने गरेका छन।

निःशुल्क मेडिकल को ठेका पाटाको सम्झौता २०७९/०४/११ गरेको मितिबाट लागू भएको थियो यो सम्झौता १ वर्षको लागि भएको छ। यो ठेका डा. साहिल पटेलले निःशुल्क भावनाले सेवा गर्नको लागि यो ठेका लिएका थिएँ तर डा. साहिल पटेल मेडीकल गर्ने कोठामा लगभग २ महिना बसेका थिएँ। त्यसपछि उनी मेडीकल गर्ने कोठामा र लाईसेन्स फाँटमा आउन बन्द गरे।

बारा जिल्ला वार्ड १ बहुवरी हाल बारा जिल्लाको परवानीपुर गाउँपालिका वार्ड नं ५ बस्ने डा.साहिल पटेलले निर्वाह गर्ने जिम्मेवारी कलैया नगरपालीका वडा नं ५ गंगापुर बस्ने डा. राज पटेलको काँधमा यो जिम्मेवारी दिएर कमाइखाने भाँडो बनाएका छन्। जस्लेपनी यस विषयमा जानकारी लिन खोज्दा मेडिकल गर्ने कोठा निर डाक्टर हरुले आफ्नो सुरक्षाको लागि राखेका यहीँका स्थानिय बाउन्सरहरु धाक धम्की हेराउने गरेका छन।

यस कार्यालयका कार्यलय प्रमुख कमल गाैतमलाई यस विषयको जानकारी भएपनि यस्ता कार्यलाई रोक्न निर्देशन दिएका छैनन्। किन यस्ता कार्य रोक्न निर्देशन दिएका छैनन् यो प्रश्न अगाडि आएको छ।

साथै यो विषयमा सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ त्यस्ता कार्य यो कार्यालय बाट नहोस।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close