योजना दिए बापत कमिसन श्रीमानको बैंक खातामा !

योजना दिए बापत कमिसन श्रीमानको बैंक खातामा !

योजना दिए बापत कमिसन श्रीमानको बैंक खातामा !
पर्सा । पर्साको बहुदरमाई नगरपालिकाकी उपमेयर सुषमा कुशवाहाले योजना दिए बापत कमीसन खाँदै आएको पाइएको छ ।

उपमेयर कुशवाहाले आफ्नो नगरपालिका हुने विकास निर्माणको काम ठेकेदारलाई दिए बापत काम गर्ने ठेकेदारसंग ६० हजार रुपैयाँ कमिसन लिएका हुन् ।

उपमेयर कुशवाहाले आफ्नो योजना अन्तर्गत मन्दिर निर्माणको काम सम्पन्न गरेका ठेकेदारसंग कुल योजनाको १० प्रतिशतको रकम कमिसन बापत आफ्नै श्रीमान विक्की कुशवाहाको नाममा रहेको खातामा ठेकेदार कम्पनीको खाताबाट भुक्तानी लिएको प्रमाण नै हामीसँग फेला परेको छ ।

उक्त नगरपालिकामा विकास निर्माणको काम गरेका ठेकेदारले नगरपालिकाबाट हुने सम्पूर्ण विकास निर्माणको काममा उपमेयर कुशवाहाले कमिसन खाँदै आएको आरोप लगाएका छन ।

विकाश निर्माणको काम पाउन पहिला कमिसन नै तय गरेर दिए बापत योजना पाउने गरेको उनले बताए । साथै योजना लिएर काम गरेपनि कमिसन नदिएको भन्दै काम सम्पन्न भइसकेको खण्डमा भुक्तानी दिनबाट रोकेपछि यस्तो रहस्य बाहिर आएको हो ।

यो विषयमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालसंग बुझ्न खोज्दा त्यसरी कमिसन लिएको कुरा प्रमाणित भए कारवाही गरिने उनले बताए ।

यस विषयमा उपमेयर कुशवाहासंग बुझ्न खोज्दा यो कुरा गलत रहेको उनले बताइन् । #jyotidainik

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close