
वीरगंज, बैशाख २२ गते सोमबार ।
ठाकुरराम बहुमुखी क्याम्पसमा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, रूंगटा वेलफेयर सोसाइटी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय पर्सा , सशस्त्र प्रहरी र भारतीय दूतावासको सहकार्यमा राखिएका ११७ जना मध्ये ३६ जना भारतीयको २० दिनको क्वारेन्टाइन सकिए पछि नारायणी अस्पतालको टीमद्वारा आवश्यक स्वास्थ्य चेकजाँच गरी भारतीय महावाणिज्य दुताबासको रहोबर र वीरगंजमा रहेका उनीहरुका आफन्तको जिम्मा लगाइएको ग्रीन सिटीका अध्यक्ष जय प्रकाश खेतानले जानकारी गराउनुभयो । क्वारेन्टाइनमा राखिएको दिनदेखि नै यिनीहरुको बसोबास र खानपिनको व्यवस्था प्रबन्ध जिल्ला प्रशासनको नेतृत्वमा ग्रीन सिटी र रूंगटा वेलफेयर सोसाइटीले गर्दै आईरहनु भएको जानकारी रुंगटा वेलफेयर सोसाइटीका सुरेश रूंगटाले दिनू भयो।त्यस पछि वीरगन्जका अन्य समाजसेवीहरु पनि भोजन सेवामा जुड्नु भएका थिए ।ठाकुरराम बहुमुखी क्याम्पसमा बाँकी रहनु भएका ८१ जनाको नाश्ता खाना र बसोवास सहितको सेवा सुविधा ग्रीन सिटीको सहकार्यमा निरन्तर रहने जानकारी ग्रीन सिटी अध्यक्ष प्रकाश खेतानले गराउनु भयो।




