नेपाल रेडक्रस सोसाईटी विरगंजलाई रक्त संकलन केन्द्र(वल्डबैंक) बनाउनका लागी अवरोध नगर्न र पार्किङ नगर्न उच्च अदालतको अन्तरिम आदेश

वीरगंज, पर्सा

नेपाल रेडक्रस सोसाईटी विरगंजलाई रक्त संकलन केन्द्र (वल्ड बैंक) बनाउनका लागी अवरोध नगर्न र पार्किङ नगर्न उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले अन्तरिम आदेश जारी गरेको छ।

मुद्दा नं.०७९-wo-०५१० नेपाल रेडक्रस सोसाईटी पर्सा शाखा वीरगंजको तर्फबाट अख्तियार प्राप्त ऐ. का शाखा अधीकृत विर शमसेर प्रसाद कुर्मी ले वीरगंज म.न.पाको कार्यालय समेत लाइ विपक्षी बनाइ मुद्दा दर्ता गरेको थियो।

अन्तरिम आदेश छलफलको लागि पेश भएको प्रस्तुत रीट निवेदन सहीतको मिसिल अध्ययन गरी निवेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय सुधिर कुमार कर्ण र शैलेन्द्र कुमार चौराशिया तथा विपक्षी वीरगंज म.न.पाको कार्यालय समेतका तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरु प्रमोद प्रसाद,विनय सिंह, कमल मोहन पोखरेल र विरेन्द्र प्रसाद यादव तथ विरगंज.म.न.पा.का कानून अधिकृत ईश्वर बरालले वहस समेत गरेको थियो।

यसमा विपक्षी विरगंज महानगरपालिका को नगर सभाबाट २०७७/१०/१३ गते विरगंज म.न.पा.वडा नं. ३ कि.नं. २१ र ५६ का जग्गाहरु नेपाल रेडक्रस सोसाईटी विरगंज लाई रक्त संकलन केन्द्र (वल्ड बैंक) बनाउनका लागी दिने भनि निर्णय भई रेडक्रस सोसाईटी र विरगंज म.न.पा.का विचमा विभिन्न शर्त राखी सम्झौता समेत भएको देखियो। विपक्षी विरगंज म.न.पा.ले सोही कित्ता जग्गामा भवन निर्माण गर्नका लागी इजाजत दिई विपक्षी नगरपालीका वाट उक्त जग्गामा घर बनाउन नक्सा पास समेत गरि सकेको अवस्थामा हाल २०७९/१०/०४ गते उक्त कि.नं. २१ र ५६ को जग्गा नपाल रेडक्रस सोसाईटी लाई उपलब्ध गराउन नसकिने भनि पत्र प्रेसित समेत गरेको देखियो । यसरी महानगरको नगर सभाबाट रक्त संचार केन्द्र बनाउनका लागी भनि प्रदान गरि सकेको जग्गाको नक्सा समेत पास गरिदिई नेपाल रेडक्रस सोसाइटीले भवन निर्माण गर्न लागेको अवस्थामा कि.नं. २१ र ५६को जग्गामा नक्सा वमोजिम घर बनाउने कार्यमा अवरोध नगर्नु नगराउनु र उक्त कि.नं.को जग्गामा पार्किङ कार्य समेत नगर्नु नगराउनु भनि विपक्षीहरुको नाउमा लिखित जवाफ परेपछि पुन विचार गर्ने गरि उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरीम आदेश जारी गरिदिएको छ।साथै प्रस्तुत मुद्दाको विषयवस्तु एवंसंवेदनशीलता समेत लाई मध्यनजर गरि अग्रोधिकार प्रदान गरिदिएको छ । यो आदेशको जानकारी विपक्षीहरु लाई दिई नियमानुसार पेश गर्नुहोला भनि उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंज ले आदेश दिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close