इन्तेलिजेन्स सूचनामा पक्राउ: दुई पेस्तोल र गोलीसहित युवक नियन्त्रणमा

इन्तेलिजेन्स सूचनामा पक्राउ: दुई पेस्तोल र गोलीसहित युवक नियन्त्रणमा

रौतहटमा सशस्त्र प्रहरीले एक युवकलाई विभिन्न प्रकारका पेस्तोल तथा गोली–बारुदसहित पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति मकवानपुर हेटौडा–१३ पदमपोखरीका २२ वर्षीय सुमन आचार्य हुन्।

चन्द्रपुर नगरपालिका–४ देउराली चोकमा शंका लागेपछि उनलाई नियन्त्रणमा लिएर तलासी गरिएको हो। शनिबार दिउँसो करिब ३ः३० बजे सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त सूचनाका आधारमा सन्तपुरस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पबाट नायब उपरीक्षक राजेन्द्रबहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले आचार्यलाई पक्राउ गरेकाे सशस्त्र प्रहरीले जनाएको छ।

तलासीका क्रममा उनको झोलाबाट दुई थान पेस्तोल, ती पेस्तोलका म्याग्जिन, १३ थान गोली, ओप्पो मोबाइल, खुकुरी, ग्लोबल आइएमई बैंकको भिसा एटीएम कार्ड, लाइसेन्स रसिद तथा झोला बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीले जानकारी दिए। बरामद पेस्तोलमध्ये एक ‘ब्राउनिङ’ र अर्को ‘ब्रेटा गारडोनेट भिटी’ भएको बताइएको छ।

आचार्यलाई बरामद हतियारसहित सन्तपुरस्थित सुरक्षा बेसमा राखिएको र उनलाई नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको अधिकारीले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close