व.प्र.का.विर्ता‌ द्वारा जेष्ठ १ र २ गते दुई (कन्टेनर)र त्यसमा भएको सम्मानहरु पक्राउ

वीरगंज, पर्सा

वडा प्रहरी कार्यालय विर्ता‌ले जेष्ठ १ र २ गते २ दुई (कन्टेनर) र त्यसमा भएको समानहरु पक्राउ

विल विजक भएका अन्य समानहरु समेत मल बाहक कन्टेनरमा लोड गरी वीरगंजबाट नारायणघाट तर्फ जादै गरेको भन्ने बिशेष सुचनाको आधारमा उक्त ट्रक गाडीलाई खोजतलास एवं पक्राउको लागि वडा प्रहरी कार्यालय बिर्ता वाट खटिएको प्रहरी टोलीले मिति जिल्ला पर्सा वी.म.न.पा. वडा नं. १६ बोखार चोक स्थित सडकमा ना. ३ ख ७७४१ नं.को माल बाहक कन्टेनर फेला पारी विल विजक चेकजाँच गर्दा केही विल विजकमा VCTS नपाईएको तथा विल वमोजिम VCTS नकाटेको र अन्य समानहरु समेत उक्त कन्टेनरमा लोड रहेकोमा उक्त ट्रक कन्टेनर लाई नियन्त्रणमा लिई कन्टेनरमा लोड रहेको माल समानहरु समेत अं.मुल्य रु. ४५,००,०००।- (पैतालिस लाख) र कन्टेनरको अं.मुल्य रु. १८,००,०००।- (अठार लाख) समेत गरी जम्मा अं.मुल्य रु. ६३,००,०००।- (तिरसठी लाख) बराबरको कन्टेनर र सो कन्टेनर भित्र लोड रहेको माल समानहरु बरामत गरेको छ।

साथै विल विजक भएका बढि मोबिल लगायतका अन्य समानहरु समेत मल बाहक कन्टेनरमा लोड गरी वीरगंज बाट लाहान तर्फ जादै गरेको भन्ने बिशेष सुचनाको आधारमा उक्त कन्टेनर गाडीलाई खोजतलास गर्ने क्रममा वडा प्रहरी कार्यालय बिर्ता वाट खटिएको प्रहरी टोलीले आज बिहान अं.०४:०० बजेको समयमा जिल्ला पर्सा वी.म.न.पा. वडा नं. ४ स्थित रेलवे रोड सडकमा ना. ३ ख ६९९ नं.को माल बाहक कन्टेनर गाडी फेला पारी विल विजक चेकजाँच गर्दा विल विजक भन्दा बढी समानहरु समेत उक्त कन्टेनर गाडीमा लोड रहेकोमा सो कन्टेनर गाडीलाई नियन्त्रणमा लिई उक्त कन्टेनर गाडी भित्र रहेका अं.मुल्य रु.४०,००,०००। (चालिस लाख) र ट्रकको अं.मुल्य रु१८,००,०००।- (अठार लाख) समेत गरी जम्मा अं.मुल्य रु.५८,००,०००।- (अन्ठाउन लाख) बराबरको उक्त कन्टेनर गाडी र सो कन्टेनर भित्र लोड रहेको माल समानहरु दुई वटै ट्रक र समानहरुको अ.मुल्य रु १,२१,००,०००/, बराबरको मुल्य कायम गरि आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको वडा प्रहरी कार्यालय बिर्ता का प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटी ले जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close