
खेम राज खनाल जेठ २५ कैलाली
मिति २०७८।०२।२४ गते १६:०० बजेको समयमा जि. कैलाली लम्कीचुहा नगरपालिका वडा न. २ मोतिपुर स्थित पदम बहादुर बुढा क्षेत्रीको मिनि पक्की घरमा बिगत १ महिना देखी डेरा कोठा गरी बस्दै आएका ज्याला मजदुरीको काम गर्ने धनगढि घर ठेगाना बताउने अन्दाजी बर्ष ३६ को बिशाल बुढाथोकीको टाउँकोको पछाडी घाउँ चोट रहि मृत अवस्थामा फेलापरेको घटना अनुसन्धान गर्दै जाने क्रममा घटनापश्चात भागी फरार भएका निज संगै डेराकोठामा बस्ने जिल्ला कैलाली कैलारी गा.पा. वडा न. ४ के गाउँ घर ठेगाना बताउने बर्ष अन्दाजी ३९ को सोम बहादुर बस्नेतलाई ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले ऐ.ऐ. स्थित बिरेन्द्र सामुदायीक बनमा लुकिछिपी बसेको अवस्थामा फेला पारी मिति २०७८।२।२५ गते पक्राउ गरिएको, प्रारम्भिक अनुसन्धानको क्रममा मिति २०७८।०२।२३ गतेको बेलुकी मृतक बिशाल बुढाथोकीसंगै निज सोम बहादुर बस्नेतले स्थानीय बजार र सोहि डेरा कोठामा बसि घरेलु मदिरा सेवन गरी दुबै जना बिच बाद बिबाद हुदाँ घरकोठामा रहेको फलामको कर्नीले टाउँकोमा हिर्काई सोही चोटका कारण निज बिशाल बुढाथोकीको मृत्यु भएको र घटनास्थलबाट कर्नी समेत बरामद गरी घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको र मृतकको हाल सम्म एकिन पहिचान खुल्न नआएको ।जिल्ला प्रहरी कार्यालय कैलाली बाट प्राप्त खबर




