वीरगंज महानगरपालिका वडा नं २ वडा समिति कार्यालय द्वारा व्याग वितरण

वीरगंज, पर्सा

वीरगंज महानगरपालिका वडा नं २ वडा समिति कार्यालय द्वारा एक कार्यक्रमका बिच व्याग वितरण गरिएको छ।
वीरगंज महानगरपालिका स्थित श्री तराचन्द्र किशनलाल आधारभुत बिधालयका छात्रछात्राहरुलाई ३०६ थान व्याग बितरण गरिएको छ।

व्याग वितरण कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले ब्याग बितरण गर्दै भने विपन्न तथा जेहेन्दार विद्यार्थीहलाई अध्ययनमा सहज होस भन्ने उदेश्यले ३०६ थान स्कुल ब्याग वितरण गरिएको उप-प्रमुख आलमले बताए।

सो व्याग वितरण कार्यक्रम‌ वीरगंज महानगरपालिका वडा नं २ का वडा अध्यक्ष महमद रेयाज मियाको अध्यक्षतामा तथा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको प्रमुख अतिथिमा भएको कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं २ का वडा सदस्य वसिर मिया, संगिता थापा,रम्भा देवी,वडा सचिव आशिक शेख,नेपाली कांग्रेसका नेता धर्मराज यादव, वीरगंज महानगरपालिका का उप-प्रमुखका स्वकिय सचिव शेष हजरा,संचारकर्मी राहुल गुप्ता,स्कुलका प्रधानाध्यापक,शिक्षकहरुको उपस्थिती रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close