
हालै जारी भएको नागरिकता सम्बन्धि ऎन ले गर्दा जिल्ला प्रशासन कार्यलय पर्सा मा नागरिकता लिनेको ठूलो भिड लाग्ने गरेको छ। भिडको मौका उठाइ अहिले जिल्ला प्रशासन कार्य पर्सामा बिचौलियाहरु सक्रिय भएका छन। बिचौलियाहरु ले नागरिकता बनाउन आउने नागरिक संग छिटो काम गराइदिने बहानामा हजारौंको बार्गेनिङ हुने गरेको पाइएको छ।
पैसा दिने ब्यक्ती नागरिकता छिटो पनि बनी रहेको पाइएको छ। जिल्ला प्रशासनले टोकन सिस्टम चलाए पनि केही फरक नपरेको नागरिकहरु ले गुनासो गरिरहेका छन। जिल्ला प्रशासन कार्यलय पर्सा कै कर्मचारीहरु पनि बिचौलियाहरु संग मिलि पैसाको लेनदेन गरि नागरिकता छिटो बनाउने गरेको आरोप समेत लागि रहेको छ।
जिप्रका,पर्सा र बारामा बुझ्दा सेवाग्राहीहरूले निकै दुःखकष्ट भोग्नुपरेको बताएका छन् । उनीहरूले जिप्रकाले पूर्वतयारी नगरी हचुवाको तालमा सयौं सेवाग्राहीलाई घण्टौं लाममा लगाएर,प्रतीक्षा गराइ सस्ती दिएर नागरिकता वितरण गरिरहेको बताएका छन् ।
यसैगरी, नागरिकता वितरण प्रक्रियामा रकमको लेनदेन भएको एकजना सेवाग्राहीले आरोप लगाएका छन्।
पकाहामैनपुर गाउँपालिकाका एकजना कुशवाहा थरका व्यक्तिले दुई छोरा र एक छोरीको लागि वंशजको नागरिकता लिन जिप्रका, पर्साका कर्मचारीले १५ हजार रुपैयाँ लिएको आरोप लगाए । यसबाट अहिले जि.प्र कार्यलयमा लाखौं लाख पैसा को चलखेल भइ रहेको बुझ्न सकिन्छ।
कुशवाहालाई टोकनसहित लाइनमा बस्नु नपर्ने भन्दै जिप्रका, पर्साका एकजना कर्मचारीले पाँच हजारको दरले रु १५ हजार रकम माग गरेपछि आफूले रकम दिएको बताए।
कतिपय सेवाग्राहीले तीन/चार घण्टा लाममा कुर्दासमेत काम नहुने गरेको र सुरक्षा अधिकारी र प्रशासनका अधिकारीको पहुँचको आधारमा घूसपैठियाहरूले चाँडै नागरिकता बनाइरहेको आरोप लगाएका छन् । नागरिकता प्राप्त गर्न अहिले सबैभन्दा पहिले अनलाइन टोकन लिनुपर्ने व्यवस्था गरिएको छ ।
टोकन लिएपछि एक महीनापछि कार्यालयमा सम्पर्क गर्ने पालो आउँछ । तर गत शुक्रवार जिप्रका, पर्सामा लाम लागेर अफलाइन टोकन लिएका सेवाग्राहीहरूलाई चाँडै बोलाइएको थियो । अहिले अफलाइन अर्थात् स्वयम् कार्यालयमा पुगेर टोकन लिने व्यवस्था स्थगित गरिएको छ ।
एकजना सेवाग्राहीसँग घरपरिवारका तीन/चार जना सदस्य आउँदा पनि भीड बढेको जिप्रकाका अधिकारीहरू बताउँछन् । जिप्रका, पर्साका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले सरकारले निर्देशन गरेअनुरूप कार्यालयसँग भएको स्रोत–साधन उपयोग गर्दै सेवा दिइरहेको बताए ।
पर्सामा करीब १३ हजार जन्मसिद्ध नागरिक छन् । जसको आधारमा २०–२२ हजारको सङ्ख्यामा नागरिकता बन्ने अनुमान गरिएको छ । जिप्रकामा छ महीनासम्म पनि नागरिकता बनाउनेको भीड रहने अनुमान गरिएको छ । सेवाग्राहीहरूले कार्यालयमा भीड हुन नदिन मूलगेटबाट सम्बन्धित व्यक्तिलाई मात्र प्रवेश गर्न दिन एवं पालो परेकाहरूलाई माइकिङ गरी बोलाएर सेवा दिन आग्रह गर्नुका साथै सहजरूपमा नागरिकता वितरणको लागि वीरगंज वा पर्साका अन्य ठाउँमा सेवा केन्द्र स्थापना गरी नागरिकता वितरण गर्दा सहज हुने सुझाएका छन् ।
उनीहरूले जिप्रका, पर्साले नागरिकता वितरणलाई सहज, सरल र व्यवस्थित बनाउँदा दैनिक घण्टौं लाममा लाग्नुपर्ने समस्याबाट मुक्ति मिल्ने बताए । source:- प्रतिक दैनिक

जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृतको कार्यकक्षमा अहिले मज्जाले बिचौलियाहरु छिरे र आफ्नो काम गराइ रहेका छन।बिना पैसाको अहिले केही पनि हुन सकेको छैन।यो तस्बिर मा तपाईं आफै हेर्न सक्नु हुन्छ बिचौलियाहरु पैसा दिएर सिधै प्रमुख प्रशासकीय अधिकृत विनय श्रीवास्तव को कार्यकक्ष मा छिरेर आफ्नो काम गराइरहेका छन भने पैसा नदिएकाहरु दिन भरी दौरधुप गरेपनि काम हुन सकि रहेको छैन।



