नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनको मिडिया ब्यवस्थापकको संयोजकमा निकेश त्रिपाठी

नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनको मिडिया ब्यवस्थापकको संयोजकमा निकेश त्रिपाठी

राहुल गुप्ता
यहि पौष ५ र ६ गते हुने नेपाली कांग्रेस मधेस प्रदेशको प्रथम समेलन देश व्यापी रुपमा प्रचार प्रसार गरी भव्य र सभ्य रुपले सफल बनाउनका लागि मिडिया व्यवस्थापन उप-समिति गठन गरि संयोजकको रुपमा निकेश त्रिपाठी लाई जिम्मेवारी दिइएको छ ।

नेपाली कांग्रेस मधेस प्रदेशका सुचना,संचार तथा प्रचार प्रसार का संयोजक नितेश गुप्ताले संयोजकको रुपमा मनोनीत गरि जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न हार्दिक शुभकामना पनि दिएका छन ।

प्रहार डेलि डट कमका सम्पादक राहुल गुप्ता संग कुरा गर्दै संयोजक त्रिपाठीले मिडिया व्यवस्थापन उप-समितिको संयोजकको रुपमा मलाई जिम्मेवारी दिनु भएको मा धन्यवाद दिदै आफ्नो जिम्मेवारी सफल्तापुर्वक तथा भब्य तरिकाले गर्ने बताएका छन। अधिबेशन प्रचार प्रसारको लागि आफू पहिला देखि नै काम गर्दै आएकोले खासै समस्या नहुने बताएका छ्न ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close