
वीरगंज, पर्सा
मानव बेचबिखन रोकथाम,ओसारपसार विषयमा सीमापार मिल्टि सरोकारवालाहरुको समन्वय बैठक सम्पन्न भएको छ।
वीरगंज स्थित होटेल मकालुमा सीमापार बहु सरोकारवालाहरुको समन्वय बैठक सम्पन्न भएको हो।
शुभ अवसर ग्राम नेपाल द्वारा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिका का उप-प्रमुख इम्तियाज आलम रहेका थिए ।
सो कार्यक्रम बिशेष गरि मानव बेच बिखन रोकथाम , उदार तथा मानव बेचबिखनमा परेकाहरु लाई स्वदेश फिर्ता गर्ने उदेश्यका साथ आयोजना गरिएको थियो ।
अहिलेको समयपरिवर्तन सँगै नयाँ–नयाँ स्वरुपमा मानव बेचबिखन तथा ओसारपसार हुन थालेको छ । अहिले यो अपराध विश्वभर आधुनिक दासताको रुपमा फैलिएको छ । अबैध लागू औषध र हात हतियार कारोबारपछि विश्वमा तेस्रो ठूलो संगठित अपराधको रुपमा मानव बेचबिखन तथा ओसारपसार सावित भएको छ ।
प्रहरीले गरेका कार्यहरुको सुपरिवेक्षण, अनुगमन, सहयोग र समन्वयमा भने काम गर्न सजिलो भएको उहाँले अनुभव सुनाउनुभयो।
त्यस्तै नेपालमा हाल २७७ नगरपालिकासहित ७५३ स्थानीय तह, ७ प्रदेश सरकार र एक संघीय सरकार रहेको छ । नेपालले मानव बेचबिखनको बारे सरोकार ले विगत ७ दशकभन्दा पहिलेदेखि उठाउँदै आए पनि घटना रोकथाम भएको छैन । विभिन्न स्वरुपमा अपराधका कामहरु भइरहेका छन् ।
त्यसयता कानूनीरुपमा मानव बेचबिखनलाई सम्बोधन गर्न विभिन्न कालखण्डमा कानुनतः सम्बोधन गर्ने प्रयास भएको राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरे पनि रोकथाम हुन सकेको छैन ।
आज भएको उक्त कार्यक्रम भारतका CWC मोतिहारीका धिरज प्रहाट ,CWC बेतियाका आदित्य यादव,DCPU बेतियाका बृज भुसन, AHTU 47 BAATTALON RAUXUAL का मनोज शर्मा,Paryash Juvenile Aid Center रक्सौल कि आरति ,जिल्ला प्रहरी कार्यालय पर्सा पर्सा महिला सेल कि प्रहरी निरीक्षक मनिसा लौडारी को उपस्थिति रहेको थियो भने नेपालबाट SODCC पर्साका रुपक पान्डे , KIN नेपाल पर्साका सुनिता सापकोटा त्यस्तै सो कार्यक्रममा उप-मेयरका स्वकीय सचिव शेष हजरा , नेपाल कांग्रेसका युवा नेता धर्मराज यादव,पत्रकार सुरेश विडारी,राहुल गुप्ता लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण सत्यनारायण यादव ले गरेका थिए।




