लागुऔषध नियन्त्रणदेखि उद्धारसम्म उत्कृष्ट कार्य : प्रहरी निरीक्षक यादव ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

लागुऔषध नियन्त्रणदेखि उद्धारसम्म उत्कृष्ट कार्य : प्रहरी निरीक्षक यादव ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

काभ्रेपलाञ्चोक — जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्रहरी निरीक्षक श्यामसुन्दर यादव लाई उत्कृष्ट कार्यसम्पादनका आधारमा ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत प्रहरी निरीक्षक यादवले लागुऔषध नियन्त्रण तथा जिम्मेवारीपूर्ण प्रहरी कार्यसम्पादनमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार यादवले विशेष सूचनाको आधारमा लागुऔषधसहित व्यक्तिहरूलाई नियन्त्रणमा लिनुका साथै जोखिमपूर्ण अवस्थाका यात्रुको सुरक्षामा समेत सक्रिय भूमिका खेलेका थिए। कर्तव्यनिष्ठा, जिम्मेवारीबोध र उत्कृष्ट कार्यसम्पादनका आधारमा उनलाई २०८३ वैशाख महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

उक्त सम्मानले प्रहरी संगठनभित्र उत्कृष्ट काम गर्ने कर्मचारीलाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close